संसदमा प्रधानमन्त्रीको सम्बोधन स्थगित गर्न कांग्रेसको माग



पोखरा

नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभाका सदस्य रहेका दुर्गाप्रसाद उपाध्यायको निधन भएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभामा हुन लागेको प्रधानमन्त्रीको सम्बोधन स्थगित गर्न माग गरेको छ ।

प्रधानमन्त्री ओलीले आज दुई बजे प्रतिनिधिसभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीले आफ्नो कार्यकाल दुई वर्ष पुगेको अवसरमा सरकारका उपलब्धीबारे प्रतिनिधिसभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रमुख प्रतपक्षी कांग्रेसले राष्ट्रियसभा सदस्य उपाध्यायको आज निधन भएको भन्दै सदन स्थगित गर्न माग गरेको हो ।

कांग्रेस सचेतक पुष्पा भुसालले सांसद उपाध्यायको निधनपछि शोक परेकोले प्रधानमन्त्रीको सम्बोधन स्थगित गर्न संसद सचिवालयमा पत्र पठाइएको जानकारी दिइन् । ‘हामीले पत्र पठाएर प्रधानमन्त्रीको सम्बोधन स्थगित गर्न माग गरेका छौं,’ सचेतक भुसालले भनिन् ।

Khabarhub बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja