चीनले बनायो कोरोना भाइरसबाट ‘बच्ने’ मोबाइल एप



पोखरा

चीन सरकारले एउटा त्यस्तो मोबाइल एप डेभलप (विकास) गरेको छ, जसले कोरोना (कोबिक–१९) भाइरस संक्रमित व्यक्ति नजिक रहेको जानकारी दिन्छ ।

‘क्लोज कन्ट्याक्ट डिटेक्टर’ प्रविधिमा निर्माण गरिएको यो एपले कोरोना भइरसबाट संक्रमित भएका व्यक्ति नजिक आएको बारे पनि जानकारी दिने छ ।

एपमार्फत सर्वसाधारणलाई कोरोना भाइरसको जोखिममा रहेकोबारे सचेत गराई उनीहरुलाई घरमै रहन भनेर नजिकको जनस्वास्थ्य निकायलाई पनि खबर गरिने छ ।

एप प्रयोगकर्ताले जाँच (इक्वाईरी)का लागि आफ्नो स्मार्टफोनमा उपलब्ध भएका पेमेन्ट गेटवे एपहरु जस्तै अलीपे र सोसिय मिडिया प्ल्याटफर्म वीच्याटमार्फत क्वीक रेस्पोन्स (क्यूआर) कोड स्कान गर्न सक्नेछन् ।

एपमा रिजस्ट्रेसनका लागि प्रयोगकर्ताले एक पटकमा आफ्नो फोन नम्बर, नाम र परिचय पत्र नम्बर राख्नुपर्ने छ । दर्ता भएको फोन नम्बरलाई एकभन्दा बढी दर्ता भएका अकाउन्टको भेरिफिकेशनका लागि चेक गर्न प्रयोग गरिने छ ।

उक्त एप चिनियाँ सरकारी विभाग र चाइना इलेक्ट्रोनिक्स कर्पोरेशनले संयुक्त रुपमा डेभलप गरेका हुन् । एपका लागि आवश्यक पर्ने डाटाहरु प्राप्त गर्नका लागि यातायात तथा पारवाहन र स्वास्थ्यसँग सम्बन्धित निकायको मद्दत लिइएको छ ।

उक्त एपमार्फत सरकारले आफ्ना नागरिकलाई कडा निगरानीतर्फ केन्द्रित गराएको विषय पनि चर्चामा छ ।

Khabarhub बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja