रोनाल्डोको गोल वर्षा जारी, हारबाट जोगियो युभेन्ट्स



पोखरा

क्रिस्टियानो रोनाल्डोले खेलको इन्जुरी समयमा पेनाल्टीमार्फत गोल गरेपछि युभेन्ट्स कोपा इटालिया कप फुटबलमा हारबाट जोगिएको छ । बिहीबार राति भएको सेमिफाइनल खेलको पहिलो लेगमा युभेन्ट्सले १० खेलाडीमा समेटिएको एसी मिलानसँग १–१ गोलको बराबरी खेलेको हो ।

मिलानको घरेलु मैदानमा खेलिएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । मिलानले ६१ औँ मिनेटमा सुरुवाती गोल गरेको थियो । मिलानका लागि एन्टी रेविकले गोल गरे । उनले स्यामुइल क्यास्टिलेजोको पासमा गोल गरेका थिए । ७१औं मिनेटमा मिलान १० खेलाडीमा समेटिएको थियो । युभेन्ट्सका पाउलो डिबालालाई फल हानेपछि थियो हर्नान्डेजले दोहोरो पहेँलो (रातो) कार्ड पाएका थिए ।

त्यसपछि खेलमा दबदबा जमाएको युभेन्ट्सले ९० औँ मिनेटमा बराबरी गोल फर्कायो । रोनाल्डोको हेड प्रहारलाई मिलानका डेभिड कालाब्रियाले डिबक्स भित्र ह्यान्ड गरेपछि युभेन्ट्सले पेनाल्टीको अपिल गरेको थियो ।

रेफ्रीले भिएआरको सहायतामा युभेन्ट्सलाई पेनाल्टी दिए । जसलाई रोनाल्डोले सदुपयोग गर्दै टोलीको हार टारे । रोनाल्डोले सन् २०२० मा खेलिएका सबै आठ खेलमा गोल गरेका छन् । यसअघि रोनाल्डोले लिगमा भेरोनाविरुद्ध कीर्तिमानी लगातार १० खेलमा गोल गरेका

सेमिफाइनल खेलको दोस्रो लेग आगामी मार्च ५ तारिख युभेन्ट्सको मैदानमा हुनेछ ।

Ratopati बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja