भ्यालेन्टाइनको डेस्टिनेसन बन्दै पोखरा



पोखरा

भ्यालेन्टाइन डे मनाउन खोज्ने विवाहित र अविवाहित जोडीको डेस्टिनेसन पोखरा बन्दैछ । पोखराको सुन्दरतामा रमाउदै भ्यालेन्टाइन डे मनाउन खोज्ने जोडिहरु पोखरा पुग्न लालाहित हुन्छन् । माछापुच्छ्रे, अन्नपुर्ण लगायतका हिमाल, फेवा ताल, वेगनास ताल, रुपा ताल, पोखरामा  रहेका पर्यटनसँग सम्बन्धित साहसिक गतिविधि, प्राकृतिक सुन्दरता कारण उनीहरुको रोजाइमा पोखरा पर्छ ।

नवजोडीको भ्यालेन्टाइन डेलाई अविस्मरणिय बनाउन यहाँ रहेको होटल तथा रिर्सोटहरुले विभिन्न प्याकेज मार्फत उनीहरुको मन जितिरहेका छन् । होटलमा बस्नेदेखि पोखरा वरपर घुमाउने सम्मका प्याकेजले प्रेमिल जोडीको ध्यान पोखरा तर्फ खिचिरहेको छ । केहि समय अगाडी सम्म भारतीय, चिनिया तथा अन्य देशका पर्यटकलाई लक्षित गरिने यस्ता प्याकेजतर्फ अहिले भने स्वदेशी पर्यटक आर्कषित बनेका छन् । पोखरामा रहेका विभिन्न प्रकारका तारे होटल, रिर्सोट तथा रेष्टुरेन्टहरुले विभिन्न प्याकेज मार्फत उनीहरुलाई आर्कषण गरिरहेका छन् ।

हुनपनि प्रकृतिको मनोरम दृश्यमा रम्दै माया अभिव्यक्त गर्न पाइने ठाउँ हो पोखरा । भर्खरै प्रेममा परेका युवायुवती हुन्, अथवा विवाहित जोडी । स्कुल पढ्ने हुन् या कलेज पढ्ने । उनीहरुले पोखराका रमणीय ठाउँमा पुगरे प्रेम अभिव्यक्त खोज्छन् । सुन्दर तथा मनोरम दृश्यका कारण भ्यालेन्टाइन डेको बेला पोखरामा पुगेर रमाउन खोज्ने मायालु जोडीको संख्या बढि हुन्छ । नेपालका विभिन्न ठाउँबाट भ्यालेन्टाइन डे मनाउने जोडी पोखरा पुग्छन् ।

पछिल्ला समयमा सबै पुस्तामा भ्यालेन्टाइन डेको प्रभाव बढ्दै गएको छ । त्यसैलेत भ्यालेन्टाइन डे सप्ताह शूरु भएदेखि पोखराका रमणीय स्थलमा प्रेम गर्ने मायालु जोडिहरुको भिँड देख्न सकिन्छ ।  यसरी घुम्न जानेमा कलेज पढ्ने युवा युवतीको संख्या बढि छ । कलेज ड्रेसमानै गिफ्ट किन्न पुग्नेको भिँड पोखराका गिफ्ट पसलमा सुरु भैसक्यो । यो भिँड भ्यालेन्टाइन डेको मुख्य दिन सम्म झनै बढ्छ । फेसबुक, ट्विटर जस्ता सामाजीक सञ्जालको कारण समेत यसले व्यापता पाउदै गएको छ ।

पर्यटकीय शहर पोखराको शान्तिस्तुपा, पुम्दिकोट टावर, फेवाताल, बेगनासताल, रुपाताल, काहूँडाँडा, सराङ्गकोट, डेभिडफल, लभ्लीडाँडा, रातोमाटेडाँडा, पामे, महेन्द्रगुफा, चमेरेगुफा, पावरहाउस, माटेपानीगुम्बा, रुपाकोर्ट रिर्सोट आदी रमणिय र एकान्त स्थान युवा जोडीहरुको रोजाइमा पर्ने गर्छन् । पोखरा फेवातालको मध्यभागमा रहेको तालबाराही मन्दिर, विन्ध्यबासिनी, भद्रकालीलगायतका मन्दिर समेत उनीहरुको रोजाइमा पर्छ । यहाँ रहेका तारे होटल र रिर्सोटमा आन्तरिक तथा बाह्य पर्यटक जोडीको चहलपहल देखिन्छ । कोरोना भाइरसको कारण यसपाली बाह्य पर्यटकको संख्या भने पोखरामा विगतका वर्षमा भन्दा घटेको छ ।

पोखरामा रहेका गिफ्ट पसलमा समेत भ्यालेन्टाइन डे को अवसरमा उपहार किन्नेहरुको भिड हुने गर्दछ । यस्ता पसलमा पुगेर युवायुवतीहरुले गुलाफको फूल, प्रेमचिन्ह भएका कार्ड, जोडी अंकित मूर्ति, चकलेट उपहार सामग्रीहरु किन्ने गर्छन । पोखरामा मात्रै यसपालिको भ्यालेन्टाइन डेमा झण्डै एक करोडको रुपैयाँ बराबरको गिफ्टको कारोबार हुने आकलन गरिएको छ ।

होटल तथा रिर्सोटले भ्यालेन्टाइन जोडीको लागि विशेष छुटमा विभिन्न प्याकेज प्रदान समेत गर्छन् । यस्ता प्याकेजका कारण जोडीलाई केहि सहजता मिल्छ । यो दिनमा विभिन्न खुल्ला पार्क, होटल, रिर्सोट, रेष्टुरेन्ट तथा रमणीय स्थलहरुमा प्रेमी प्रेमीका तथा विवाहित जोडी पुग्छन् । यहाँ पुग्नेहरुको आर्कषणको लागि आर्कषक डेकुरेसन समेत गरिएको जसले तहाँ पूग्नेहरुको मन प्रफुल्ल पार्छ । सामाजिक सञ्जालमा तस्विर पोस्टिने चलनका कारण समेत विवाहिता जोडीलाई यो दिनमा आफ्नो श्रीमान् अथवा श्रीमतीसँग घुम्नु, तस्विर खिचाउनु, उपहार किनिदिनु पर्ने बाध्यता समेत थपिएको छ । यो दिनमा हुने प्रेमिल गफले भने सबन्धलाई झनै मजबुत बनाउन मद्दत बनाउँदछ ।

पोखराको पर्यटन क्षेत्रमा भ्यालेन्टाइन डे आन्तरिक पाहुना भित्रयाउने अवसर बन्दै गएको छ । भ्यालेन्टाइन डे मा यत्ति नै पर्यटक आउँछन् भन्ने आँकडा नरहेपनि व्यवसायीले भ्यालेन्टाइन डे को दिन विशेष अफर ल्याउदै पर्यटकलाई आर्कषित गर्छन् ।

प्रेमी प्रेमीकालाई मनपर्ने उपहार, फुल, कार्ड आदान प्रदान गर्नुका साथै प्रेमको पहिलो प्रस्ताव राख्ने उपयुक्त अवसरको रुपमा यस दिनलाई लिन थालेकोले बढी मात्रामा युवापिडिँ माझ यस दिनको महत्व बढेको पाइन्छ । यस दिन डेटिङ जाने, उपहार आदानप्रदान गर्ने प्रेम प्रस्ताव राख्ने दिनको रुपमा मात्र हैन माया साटासाट गर्ने दिनको रुपमा लिनेहरुको जमात पनि उतीनै देखिन्छ । पोखरा आसपासमा सुन्दर गाउँहरुमा समेत भ्यालेन्टाइन डे को आसपासमा घुम्न जानेहरु हुनेगर्दछन् । पोखराको सुन्दरता र यहाँ प्राप्त हुने हस्पिटालिटिको कारण अधिकांशको मन पोखराले जित्ने गर्छ ।

भ्यालेन्टाइन डेलाई लक्षित गरी विभिन्न कार्यक्रम आयोजना भएका छन् । भ्यालेन्टाइन डेको अवसरमा विभिन्न साँगीतिक कार्यक्रमको आयोजना गरीएको हुदाँ युवायुवतीको भिड यस्ता साँगीतिक कार्यक्रम र चलचित्र हलमा समेत हुने गर्दछ ।

Pokharanews बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja