पोखरा म्याराथनमा एक सय बढी धावक सहभागी हुने



पोखरा

शनिबार पोखरामा हुने १४ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा एक सयभन्दा बढी धावकहरु सहभागी हुने भएका छन्। म्याराथनमा सहभागी हुन विभागीयसहित देशका विभिन्न ठाउँबाट हालसम्म एक सय भन्दा बढी धावकहरुले नाम दर्ता गराएको आयोजक भूतपुर्व खेलाडी मञ्च नेपालले बिहीबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।

म्याराथनमाको तयारी पूरा भएको जानकारी गराउदै मञ्चका अध्यक्ष तेज बहादुर गुरुङले भोली (शुक्रबार) सम्म अन्तिम नाम दर्ता गर्ने समय रहेको जनाए । म्याराथनमा विदेशीहरु पनि सहभागि हुने अध्यक्ष गुरुङले बताए । उनका अनुसार म्याराथन ( ४२ किलोमिटर दौड) सहित महिला र पुरुष दुबै तर्फका लागि १० किलोमिटर सडक दौड, ५ किलोमिटर छात्र र छात्रा दौड, दृष्टी बिहिन पुरुष/महिला, ह्विल चियर र रन फर फनमा गरी करिब ७ हजार जना दौडने छन्।

पोखरासंग भगिनी सम्बन्ध  रहेको जापानको कोमागाने शहरको उत्कृष्ट धावक पनि सहभागि हुन्  पोखरा आइसकेका अध्यक्ष गुरुङले जनाए । पोखरा म्याराथनलाई विश्व शान्तिको कामना गर्दै पिस टर्चसहित दौडिन विभिन्न १३ देशका २१ जना विदेशी धावकहरु पोखरा आइसकेको गुरुङले जानकारी दिए । टोलीको नेतृत्व युनेस्कोका पूर्व अध्यक्ष डेभिडसन हेप्वर्नले गर्ने भएकाछन्।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ प्रमुख संरक्षक र पोखरा महानगरपालिकाका मेयर मान बहादुर जि.सी संरक्षक रहेको म्याराथनबाट पोखरालाई पनि खेलकुदको विश्व मानचित्रमा स्थापित गराइ खेलकुद पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । विश्वमा विभिन्न मुलुकमा सिटी म्यराथानको अवधारणको विकास भइरहेको छ । प्रतिष्ठित औधोगिक प्रतिष्ठान लक्ष्मी गु्रप अन्तर्गत सुजल डेरीको उत्पादन सफल दुधले मुख्य प्रायोजन गर्ने म्याराथनको सुरुवात पोखरा रंगशालाबाट हुनेछ ।

२०५८ सालमा स्थानपना भएको मञ्चले मुलुकको खेलकुद विकासमा सहयोग पुर्याउने र खेलकुदको महत्वबारे जनचेतना अभिवृद्धि गराई समग्र समाजमा खेल संस्कृतिको विकास गर्ने उद्देश्यका साथ म्यराथन आयोजना शुरु गरेको बताउँदै अध्यक्ष गुरुङले पोखरा महानगरपालिकाले म्याराथनलाई आफ्नो प्रमुख इभेन्टको रुपमा सहकार्य गर्दै आएको र  विदेशमा रहेका नेपालका विभिन्न संघ–संस्था पोखरेली मञ्च यु.के. सहारा यु.के, हङकङ नेपाली समाज, अमेरिका स्थित बोष्टनमा बसोबास गर्नेहरुले सहयोग रहेको जानकारी अध्यक्ष गुरुङले दिए ।

पोखरा म्याराथनका लागि पोखरेली मञ्च यूकेका अध्यक्ष मान प्रसाद गुरुङ, पोखरा म्याराथन युकेका संयोजक मञ्जु गुरुङ पोखरा आइसकेका छन् । भलिबलकी पूर्व राष्ट्रिय खेलाडी मञ्जु गुरुङ र धावक पाण्डव महतो पनि म्याराथनमा दौडदैछन् । दुबैजना क्यान्सर रोगलाई जितेर खेलकुद र सामाजिक अभियानमा जुटेका छन् । समयमा रोगका बारेमा जानकारी भए उपचार गर्न सकियो भने क्यान्सर जस्तो रोग पनि निको हुने सन्देश दिनका लागि आफ्नो दोस्रो पटक पोखरा म्याराथनको १० किलोमिटरमा सहभागी हुन लागेको पूर्व खेलाडी गुरुङले बताइन् ।

गैर आवाशिय नेपाली संघ (एनआरएन) यूकेका अध्यक्ष पुनम गुरुङ सहित सहारा युके, बगर भाई खलक यूके लगायतको टोली नेपाल भ्रमण २०२० लाई पोखरा म्याराथन मार्फत थप उजागर गर्न र उत्साह जगाउन पोखरा आइसकेको आयोजकले जनाएको छ ।

म्याराथनको रुटले महानगरका १ देखि १७ नं वडामा परेको छ । रुट पर्ने चोकहरुमा स्थानिय विभिन्न संघ–संस्था, आमा समुह र सांस्कृतिक समुहहरुले आ-आफ्नो भेष-भुषा, पञ्चे बाजा गाजा, भजन चुड्कासहित धावकहरुलाई स्वागत गर्ने कार्यक्रम रहेको पनि बताइएको छ । म्याराथनमा धावकहरु दौडने रुटमा अति आवश्यक बाहेक अन्य सार्वजनिक र निजी यातायत सेवाहरु रोक्ने प्रतिबद्धता यातायात व्यवसायीहरुले गरेका छन । पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र केसी, राष्ट्रिय यातयात व्यवसायी महासंघ कास्की समन्वय समितीका अध्यक्ष केदार पौडेलले यस्तो प्रतिबद्धता गरेका थिए ।

अर्को वर्षदेखि १५ औं सस्करणको म्याराथनको मुख्य आयोजकका रुपमा पोखरा महानगरपालिका रहने गरि अघि बढ्नुले सिटी म्याराथनको अवधारणलाई महानगरले ग्रहण गरेको रुपमा लिएको छ । ३५ लाख रुर्पैयाँ भन्दा बढी खर्च हुने अनुमान गरिएको म्यराथनका विजेताले २ लाख दोस्रोले १ लाख र तेस्रो हुने खेलाडीले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । महिला र पुरुष दुवैतर्फका १० हजार मिटर दौडका विजेताले १५ हजार रुपैयाँ, ५ किलोमिटर दौड छात्र र छात्राका विजेताले समान १०, दृष्टी विहिन पुरुष महिला विजेताले ५ हजार, ह्विल चियरका विजेताले ५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

पोखरेली मञ्चको सहयोग

१४ औं सस्करणको पोखरा म्याराथन सफल बनाउन पोखरेली मञ्च युकेले भुतपुर्व खेलाडी मञ्च नेपाललाई ७ लाख ५० हजार नगद सहयोग गरेको छ ।

युकेमा पूर्व राष्ट्रिय खेलाडी मञ्जु गुरुङ संयोजक रहने गरि गठित समितीले सहयोग  रकम संकलन गरि प्रदान गरेको हो । मञ्चका अध्यक्ष मान प्रसाद गुरुङ र संयोजक मञ्जु गुरुङले सहयोग रकमको चेक तेज गुरुङलाई हस्तान्तरण गरेका छन ।

पोखरेली मञ्च युके भुतपुर्व खेलाडी मञ्चको अन्तर्राष्ट्रिय सहयोगी संस्था समेत हो । गत वर्षबाट मञ्चले सहयोग गर्दै आइरहेको छ । यसका अलवा मञ्चले विजेता धावकहरुका लागि वेलायतमा निर्मित मेडलहरु समेत मञ्चका अध्यक्ष गुरुङलाई प्रदान गरेको छ ।

यसै गरी अपाङ्गहरुका लागि हुने ह्विल चियर रेसका विजेताहरुलाई नगद रकम प्रदान गर्न कास्की जिल्ला गल्फ संघका अध्यक्ष मेजर लक्ष्मी गुरुङ एमभिओले नगद २० हजार आफ्नो तर्फ बाट सहयोग गरेका छन ।

Pokharanews बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja