स्याङजा र तनहुँमा प्रदेश सरकार र राखेपद्वारा रंगशाला निर्माणका लागि जग्गाको खोजी



पोखरा

गण्डकी प्रदेश सरकार र राष्ट्रिय खेलकुद परिषदले रंगशालाको निर्माणका लागि सम्भावित जग्गाको खोजी गर्न थालेका छन ।

प्रदेशको राजधानी पोखरामा सुविधा सम्पन्न रंगशाला निर्माण संगै छिमेकी जिल्ला तनहुँ र स्याङजामा समेत रंगशाला बनाउने योजना अनुरुप तनहुँ जिल्लाको दुई स्थान र स्याङजाको सात सय कोल्मा बहाकोट संगै वालिङ नगरपालिका समेत प्रदेश सरकार र राखेपले सम्भावित जग्गाको अध्ययन गरेको हो ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङको नेतृत्वमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाल लगायतको टोलीले रिसिङ गाउँपालिका–१ झापुटारमा रहेको खेलमैदान र व्यास नगरपालिका–५ चिन्तुटारमा रहेको खेलमैदानको स्थलगत अनुगमन गरेको थियो ।

झापुटार खेल मैदानको निरिक्षणका क्रममा गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने सरकारको तयारी रहेको बताउँदै सम्भावित जग्गाको खोजी सुरु गरिएको बताए । मन्त्री गुरुङका अनुसार झापुटारमा रहेको खेलमैदानलाई रंगशाला बनाउनका लागि सम्भावना देखिए पनि जग्गाको एकिन नभएकोले यथासिघ्र जग्गा बारे जानकारी गराउन खेलमैदान निर्माण समितीलाई निर्देशन समेत दिए ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले समेत उक्त खेल मैदानका लागि जग्गा बारे एकिन गर्न समितीलाई आग्रह गर्दै खेलमैदानको ‘ट्रोफोग्राफी सर्भे’ गर्न परिषद्ले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

भ्mापुटार खेल मैदान विशेष गरि ट्रयाक एण्ड फिल्ड सहितको फुटबल स्टेडियम निर्माण गर्न सकिने योजना खेल मैदान निर्माण समितीले योजना बनाएको छ । मादी नदी किनारमा अवस्थित यो मैदान व्यास नगर पालिका बाट नजिक र सम्भावना बोकेको खेल मैदान समेत हो । नगर भित्र व्ययस्थित खेल मैदानको अभावमा यो खेल मैदान उपयूक्त बन्न सक्ने मन्त्री गुरुङको छ ।

व्यास नगर पालिका ५ चिन्तुटारको जग्गाको बारेमा समेत मन्त्री गुरुङ, सदस्य सचिब सिलवाल र परिषदका सदस्य राजेश गुरुङले निरिक्षण गरेका थिए । मन्त्री गुरुङ र सदस्य सचिब सिलवालले खेल मैदान समिती संग जग्गा बारे जानकारी लिंदै उक्त स्थानमा वहुवर्षिय योजना अनुरुप विभिन्न खेलका पूर्वाद्धारहरु निर्माण गर्न सकिने मन्त्री गुरुङले बताए ।

चिन्तुटार खेल मैदान धेरै खेलका लागि सम्भवना रहेको खेल मैदान हो । यो मैदान व्यवस्थित हुन सके एकै ठाउँमा फुटबल, क्रिकेट लगाएत अन्य पूर्वाद्धारहरु बन्न सक्ने मैदानको निरिक्षण पश्चात सदस्य सचिब सिलवाल बताउँछन । यो मैदानलाई भविष्यमा एकेडेमीको रुपमा विस्तार गर्न सकिने योजना समेत बनाएको मन्त्री गुरुङले बताए । यति धेरै जग्गा एकै ठाउँमा पाउन नगर पालिका भित्र मुश्किल नै हुने र मादी कोरिडोरले समेत छोएको हुनाले यो मैदान उपयुक्त हुने उनको भनाई थियो ।

यसै गरि राखेपका सदस्य सचिब सिलवालले पुतली बजार नगर पालिकाले निर्माण गर्न लागेको सात सय कोल्मा बाहकोटको ७ करोडको लागतमा १० रोपनी क्षेत्रफलमा बन्न लागेको स्टेडियमको समेत निरिक्षण गरेका थिए । सदस्य सचिब सिलवालले नगर पालिकाले पहल गरेको खण्डमा परिषद समेत सहकार्य गर्न तयार रहेको निर्माण समितीलाई बताए ।

उच्च भागमा पर्ने यो खेल मैदानले निकै सौन्दर्यता बोकेको सदस्य सचिब सिलवालले बताए । उनले भने–“प्राकितिक हिसावले पनि निकै महत्वपुर्ण रहेको यो मैदान व्यवस्थित रुपमा बनाउन सके यसको सम्भावना छ ।”

राखेप सदस्य सचिब सिलवालले वालिङ नगर पालिकाको खेल मैदानको समेत निरिक्षण गरेका छन । गण्डकी प्रदेशका सांसद तथा विधायन समितीका सभापती मोहन रेग्मी, वालिङ नगर पालिका प्रमुख दिलिप खाण, राखेप सदस्य राजेश गुरुङ, पश्चिमाञ्चल क्षेत्रिय कार्यालयका प्रमुख लक्ष्मण योगी सहितको टोलीले अध्ययन गरेको थियो । उक्त खेल मैदानलाई स्टेडियमको स्वरुप दिन नगर पालिका र प्रदेश सरकार संग सहकार्य गरिने सदस्य सचिब सिलवालले बताए ।

प्रदेश सरकार, स्थानिय सरकार र राष्ट्रिय खेलकुद परिषदको यो संयुक्त प्रयासले खेलकुदमा नयाँ तरङ्ग आउनेमा खेलप्रेमी र सरोकारवालाहरु भन्ने ढुक्क छन । तर निर्माण गर्ने नाउँमा सरकारी कार्यालयमा फायल घुमी राख्ने प्रविती भने हट्न सकेको छैन । मुलुकको समृद्धी खेलकुदमा देख्ने बर्तमान सरकारले यसलाई चरितार्थ गर्न नयाँ सोचका साथ अघि बढ्न आवश्यक छ ।

Parichaynetwork बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja