आज श्रीपञ्चमी : विद्याकी देवी सरस्वतीको पूजाआराधनासहित मनाइँदै



पोखरा

आज विद्याकी देवी सरस्वतीको पूजाआराधनासहित श्रीपञ्चमी मनाइँदैछ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन यो पर्व मनाउने गरिएको छ ।

बसन्त पञ्चमीबाटसमेत चिनिने यो दिनमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई विद्या आर्जनमा लागेका विद्यार्थीले पूजाआजा गर्ने गरेका छन् ।

आजका दिन प्रत्येक विद्यालयमा विद्याकी देवीका रुपमा परिचित सरस्वतीको पूजाआराधन गरिन्छ । विद्यार्थीहरुले बिहानै उठेर नुहाइधुवाई गरी आफूले पढ्ने पुस्तक तथा कापीकलमको पूजा गर्छन् ।

त्यस्तै साहित्यकार, संगीतकारलगायतले पनि आफ्ना कला साधनाका सामग्रीहरुको पूजा गर्ने चलन छ । श्रीपञ्चमीका दिन गरिने विवाह, नयाँ भवनमा बासलगायतका जुनसुकै शुभकार्यका लागि साइत हेर्न नपर्ने विश्वास गरिन्छ ।

आज बिहानैदेखि पोखरा, कास्की, गण्डकी प्रदेश लगायत देशभरका सरस्वती मन्दिरमा श्रद्धालुहरुको भीड लागेको छ । ज्ञान, बुद्धि र विवेक प्राप्तिका लागि विद्याकी अधिष्ठात्री देवीका रुपमा सरस्वतीको पूजाआजा गरिन्छ ।

आजकै दिन साना वालवालिकालाई अक्षर चिनाउने पनि चलन छ । आजका दिन विद्यार्थी, कर्मचारीका साथै कलमजीवीले यस पर्वलाई उत्सवको रुपमा मनाउने गर्छन् ।

आजै शिशुको अन्नप्रासनसमेत विधिपूर्वक गराइन्छ । आजका दिनमा विवाह, नयाँ भवनमा बासलगायतका शुभकार्यका लागि साइत हेर्नु नपर्ने मान्यता रहेको छ ।

श्रीमद्भागवत महापुराणमा भगवान् श्रीकृष्णको खोजीमा रहेकी प्रेमिका राधा र उनका सखीहरूले वसन्त ऋतुको आगमनको स्वागत गर्दै वसन्तराग गाएर कृष्ण भगवान्को आराधना गरेको प्रसङ्ग उल्लेख छ । हिन्दूको धार्मिकग्रन्थ पुराणमा उल्लेख गरिएनुसार, माघ शुक्ल पञ्चमी तिथिका दिन ब्रह्माले सृष्टिमा देवी सरस्वतीलाई आह्वान गरेपछि सरस्वती अवतरित हुनुभएको विश्वास गरिन्छ ।

वसन्त पञ्चमीको दिनदेखि वसन्त ऋतुको शुरुआत हुने र त्यससँगै रुख बिरुवामा नयाँ पालुवा पलाउने बताइन्छ  ।

Pokharanews बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja