तानाजीमा जे देखाइएको छ त्यो खतरनाकः सैफ अली खान



पोखरा

बलिउडका चर्चित अभिनेता सैफ अली खानले ‘तानाजीः द अनसङ्ग वारियर’ जस्तो फिल्ममा ऐतिहासिक तथ्यलाई जुन तोडमोड गरिएको छ, त्यसलाई खतरनाक बताएका छन् ।

फिल्म क्याम्पेनियनका लागि पत्रकार अनुपमा चोपडालाई दिएको अन्तर्वार्तामा सैफले आफूलाई उदयभान राठौरको भूमिका निकै आकर्षक लागेकोले त्यो छोड्न नसकेको तर यसमा ‘पोलिटिकल न्यारेटिभ’ परिवर्तन गरिएकोले त्यसलाई खतरनाक बताएका छन् ।

तानाजीः द अनसङ्ग वारियरमा सेफबाहेक अजय देवगनले पनि अभिनय गरेका छन् ।

सैफले अन्तर्वार्तामा भनेका छन्, ‘केही कारणले मैले कुनै स्ट्यान्ड लिन पाइनँ । सायद अर्को पटक भने यस्तो गर्नेछु । म यो भूमिकाका लागि निकै उत्साहित थिएँ किनभने मलाई यो निकै आकर्षक लागेको थियो । तर यो कुनै इतिहास होइन । इतिहास के हो मलाई निकै राम्रोसँग थाहा छ ।’

फले भने, ‘यो फिल्ममा कुनै ऐतिहासिक तथ्य छैन । हामी यसबारे कुनै तर्क दिन सक्दैनौं । यो दुर्भाग्य हो कि कलाकार उदारवादी विचारको वकालत गर्छन् तर उनीहरु लोकप्रियतावादबाट माथि उठ्न सक्दैनन् । यो पक्कै पनि राम्रो होइन तर यो साँचो हो ।’

तानाजीमा इतिहासको गलत व्याख्या गरिएको कुरा सैफ स्विकार गर्छन् । उनले कुनै पनि फिल्मको व्यावसायिक सफलतामा इतिहासको गलत व्याख्यालाई उपकरणको रुपमा प्रयोग गरिने प्रचलन भित्रिएको बताएका छन् ।

सैफ अली खानले फिल्म निर्माता कबिर खानसँगको एक कुराकानीको प्रसंग पनि जोडेका छन् । सैफले भने, ‘कबिर खानले एकपटक मलाई भनेका थिए कि उनी खराब अभिनय र स्लो स्क्रिप्टलाई सहन सक्छन् तर व्यावसायिक सफलताका लागि राजनीतिक न्यारेटिभको छुटलाई सहन नसक्ने बताएका थिए ।’

Ratopati बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja