ट्विटर सीईओको यु-टर्न : ‘इडिट’ फिचर आउने सम्भावना समाप्त



पोखरा

फेसबुकमा आफूले राखेको स्टाटस तथा गरेका कमेन्टहरू इडिट गर्न सकिन्छ । तर ट्विटरमा चाहिँ एकपटक गरेको ट्विट सच्याउन, थपघट गर्न अर्थात् सम्पादन गर्न सकिँदैन । आफ्नो ट्विटमा गलत लेखिएको भएमा वा भाषा मन नपरेमा सच्याउन नसकिने भएको हुँदा डिलिट गर्नुमात्र अन्तिम विकल्प हुन्छ ।

प्रयोगकर्ताहरूले लामो समयदेखि ट्विटरमा मिस गरिरहेको एउटा महत्त्वपूर्ण फिचर नै यहीँ इडिट फिचर हो । गत वर्ष ट्विटरका सीईओ ज्याक डोर्सी स्वयंले ट्विटरमा इडिट बटन छिट्टै नै उपलब्ध हुने बताएपछि ट्विटर प्रयोगकर्ताहरू इडिट बटनको व्यग्र प्रतीक्षा गरिरहेका थिए । तर ट्विटर प्रयोगकर्ताको त्यो आशामा तुषारापात भएको छ ।

माइक्रो ब्लगिङ साइटमा इडिट बटन थप्ने आफ्नो पूर्व योजनाबाट ट्विटर युटर्न भएको छ । एक वर्ष अघिको आफ्नै वाचा तोड्दै ट्वीटर सीईओ डोर्सीले ट्विटरमा सायद कहिल्यै पनि इडिट फिचर उपलब्ध नहुने प्रष्ट पारेका छन् ।

हालैको एक अन्तर्वार्ताका क्रममा डोर्सीले यस्तो खुलासा गरेका हुन् । साथै उनले ट्विटरमा इडिट अप्सन नराखिनुको कारण ट्वीटरको सुरुवाती डिजाइनसँग जोडिएको पनि जिकिर गरे ।

डोर्सी भन्छन्, ‘हामी टेक्स्ट मेसेज सर्भिस, एसएमएसको रूपमा सुरुवात भएका थियौं । र, हामी सबैलाई के थाहा छ भने कसैलाई पठाएको टेक्स्ट मेसेज फिर्ता लिन सकिँदैन ।’

डोर्सीले ट्विटरमा इडिट अप्सन थप गर्नुपर्ने कुनै आवश्यकता कम्पनीले महसुस नगरेको भन्दै यो फिचरका फाइदा र बेफाइदा दुवै रहेको बताए ।

उनका अनुसार इडिट अप्सनको राम्रो पक्ष भनेकै अक्षरहरू टाइप गर्ने क्रममा हुने गल्ती अर्थात् टाइपोलाई सच्याउन सकिनु हो भने यसको खराब पक्ष भनेको मानिसहरू सोसल मिडियामा तथ्यहरूलाई सम्पादन गर्दै गलत जानकारी थप्ने र मानिसहरूलाई दिग्भ्रमित पार्नु हो ।

Onlinekhabar बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja