आस्था भन्छिन्–‘म सिक्किममा छु, प्रहरीलाई सहयोग गर्न तयार छु’



पोखरा

गायिका आस्था राउतलाई पक्राउ गर्न प्रहरीले अनुमती पाइसकेको छ । विमानस्थलमा भएको महिला सुरक्षाकर्मी र आस्था राउतको विवादपछि उनले फेसबुक लाइभ मार्फत प्रहरी संगठनमाथि नै आक्रोश पोखेकी थिइन् ।

उनको आक्रोशमा प्रहरी संगठनमाथि गालीगलौज पनि गरिएको थियो । यसपछि, आस्थाले फेसबुक लाइभ मार्फत माफी पनि मागिसकेकी छिन् ।

प्रहरीले आस्था राउतलाई पक्राउ गर्ने अनुमती पाएको तर उनी फरार रहेकाले खोजी जारी रहेको बताएको छ । गायिका आस्था राउत भने अहिले सिक्किममा छिन् । सिक्किमबाट अनलाइनखबरको सम्पर्कमा आएकी गायिकाले भनिन्–‘फरार रहेको भन्ने बिषयमा म केही भन्न सक्ने अवस्थामा छैन । किनकी, अहिले म सिक्किममा छु र आज यहाँ शो भएकाले यसको तयारीमा छु । मलाई प्रहरीबाट यो बिषयमा कुनै पनि आधिकारिक जानकारी आएको छैन । मलाई प्रहरीले यस बिषयमा जानकारी गराएपछि म प्रहरीलाई सहयोग गर्न तयार छु । म अहिले यही शोको तयारीमा छु ।’

आस्थाले आफूमाथि दुर्व्यवहार भएको पनि बताएकी छिन् । उनले भनिन्–‘म माथि सुरक्षा जाँचका क्रममा दुर्व्यवहार भएको हो । तर, मैले आवेगमा आएर केही शब्दहरु गलत बोलेकी हुँ । यसका लागि म क्षमा माग्न चाहन्छु ।’

Onlinekhabar बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja