किक बक्सिङमा एपीएफ च्याम्पियन, राजेश र रिता उत्कृष्ट खेलाडी



पोखरा

नेपाल एपीएफ क्लब वीर गणेशमान सिंह स्मृति तेस्रो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगितामा च्याम्पियन बनेको छ । एपीएफ पाँच स्वर्णसहित टिम च्याम्पियन बनेको हो । च्याम्पियन एपीएफले एक लाख रुपैयाँ पुरस्कार पायो ।

ललितपुर जिल्ला किक बक्सिङ संघद्वारा आयोजित प्रतियोगितामा नेपाल आर्मी तीन स्वर्णसाथ दोस्रो भयो । आर्मीले ५० हजार रुपैयाँ पुरस्कार हात पा¥यो । पुरुषमा आर्मीका राजेश चौधरी तथा महिलामा नेपाल प्रहरी क्लबकी रिता ठकुल्ला उत्कृष्ट खेलाडी घोषित भए । दुवैले जनही २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । राजेशले ६५ केजी तथा रिताले ५५ केजीमा स्वर्ण जितेका थिए । स्वर्ण वापत दुवैले छुट्टै जनही ३० हजार रुपैयाँ पुरस्कार पाए । भाटभटेनीले अनुशासित टिमको उपाधि हात पा¥यो ।

ललितपुरको चापागाउँस्थित प्याङगाउँमा भएको पुरुष ५० केजीमा मेन डोजोका मनोज रानामगर पहिलो भए । फाइनलमा उनले एपीएफका सञ्जय राईलाई पराजित गरे । आर्मीका यामराज थापामगर र मेन डोजोका भक्तराज जोशी तेस्रो भए । पुरुष ५५ केजीमा एपीएफका रोहित चुनारो पहिलो भए । उनले आर्मीका तारा तामाङलाई फाइनलमा हराए । मुवाँथाईका दावा फुन्जो शेर्पा र प्रहरीका राजेन्द्र सिन्जाली मगर तेस्रो भए । पुरुष ६० केजीमा एपीएफका वीरेन्द्र सिंह कोधारीले स्वर्ण जिते । उनले फाइनलमा प्रहरीका मुकेश पण्डितलाई पाखा लगाए । मेन डोजोका सागर दर्जी र मुवाथाईंका विजय रसाइली तेस्रो बने ।

पुरुष ६५ केजी फाइनलमा आर्मीका राजेश चौधरीले मुवाँथाईका फुर्देनी शेर्पालाई पन्छ्याउदै शीर्ष स्थान हात पारे । बक्समान्डुका मनीषकुमार भुजेल र प्रहरीका समन धुस्रीले कांस्य जिते । पुरुष ७० केजीमा आर्मीका सनीसिंह सुनवारले बाजी मारे । उनले फाइनलमा भाटभटेनीका सविन दिमहुमलाई निराश पारे । सो क्योकुसिनका प्रदीप तामाङ र एपीएफका रुद्र सरुले तेस्रो स्थानमा चित्त बुझाए । पुरुष खुला तौलसमूहमा रेजका कोशिष श्रेष्ठ च्याम्पियन बने । फाइनलमा कोशिषले एपीएफका भुपेन्द्र शाहको चुनौती समाप्त पारे । सो क्योकुसिनका गोपाल महर्जन र एफडब्लु उसुका शंकरबहादुर चौधरी तेस्रो भए ।

महिला ६५ केजीमा एपीएफकी विनिता थापा मगरले फाइनलमा आर्मीकी मन्जु विकलाई पन्छ्याउदै स्वर्ण चुमिन् । तीनदिने प्रतियोगिताको पुरुषमा ६ र महिलामा ५ गरी ११ स्पर्धामा एक सय २२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रत्येक स्पर्धामा पहिलो हुनेले ३० हजार, दोस्रो १५ हजार र तेस्रो हुने दुई खेलाडीले हजार रुपैयाँ पाए ।

छ्याउदै स्वर्ण चुमिन् । एपीएफकी मनीषा राउत र मेन डोजोकी रविना तामाङ तेस्रो स्थानमा रहे । महिला खुला तौलसमूहमा आर्मीकी विन्दु पुन पहिलो भइन् । फाइनलमा विन्दुले एपीएफकी जयन्ती श्रेष्ठलाई पाखा लगाइन् । मेन डोजोकी पुनम कर्माचार्य र मुवाँथाई, पोखराकी सुमी श्रेष्ठ तेस्रो भए । महिला ६० केजीमा एपीएफकी निशा विक पहिलो भइन् । फाइनलमा निशाले मेन डोजोकी सुस्मिता शाहीलाई पराजित गरिन् । मकवानपुरकी रेश्मा माझी र प्रिया वाइबा तेस्रो भए । महिला ५० केजीमा एपीएफकी सन्जु माया थिङले स्वर्ण जितिन् । सन्जुले आईकेकेएफकी करिश्मा कार्कीलाई हराइन् । आर्मीका रुविका खड्का र शान्ति थापा मगरले कांस्य हात पारे । महिला ५५ केजीमा प्रहरीकी रिता ठकुल्लले फाइनलमा एपीएफकी विद्या गुरुङमाथि जित हात पार्दै पहिलो भइन् । आर्मीका अनुपमा नेपाली र रिना धमाल संयुक्त रुपमा तेस्रो भए । तीनदिने प्रतियोगिताको पुरुषमा ६ र महिलामा ५ गरी ११ स्पर्धामा एक सय २२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रत्येक स्पर्धामा पहिलो हुनेले ३० हजार, दोस्रो १५ हजार र तेस्रो हुने दुई खेलाडीले हजार रुपैयाँ पाए ।

विजेतालाई कांग्रेस नेता प्रकाशमान सिंह, पूर्व सांसद मदनबहादुर अमात्य, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, आयोजक ललितपुर ललितपुर जिल्ला किक बक्सिङ संघका अध्यक्ष विनोद महर्जन लगायतले पुरस्कार प्रदान गरे ।

Ratopati बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja