स्याङ्जाको वालिङमा औद्योगिक ग्राम सञ्चालन गरिने



पोखरा

वालिङ नगरपालिका–१० बैंडीमा औद्योगिक ग्राम सञ्चालन गरिने भएको छ । औद्योगिक ग्राम सञ्चालन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले रु ९२ लाख, गण्डकी प्रदेश सरकारले रु ६० लाख तथा बाँकी नगरपालिकाको लगानीमा औद्योगिक ग्राम सञ्चालन गरिने नगरप्रमुख दिलीपप्रताप खाँणले बताए ।

नगर कार्यपालिकाको बैठकबाट वालिङभित्रका वडा नं १० बंैडी, वडा नं १ बौवा, वडा न. ११ पञ्चमूल, वडा नं १२ को धनमुढा, वडा नं १३ को बाह्रविसे र वडा नं १४ को तिवारी पसल गरी पाँच स्थानमा औद्योगिक ग्राम सञ्चालनका लागि जग्गा छनोट गरिसकिएको नगरप्रमुख खाँणले बताए ।

“औद्योगिक ग्राम सञ्चालन गर्न पहिलो चरणमा वडा नं १० बैंडीमा रहेको जग्गा छनोट गरिसकेका छौँ”, उनले भने, “बैंडीमा रहेको ९२ रोपनी क्षेत्रफलमा औद्योगिक ग्राम सञ्चालनका लागि तयारी शुरु गर्छौं ।” पहिलो चरणमा बैंडीलाई औद्योगिक ग्रामका रुपमा विकास गरेपछि आगामी वर्षहरुमा बाँकी रहेका अन्य स्थानमा पनि सञ्चालनको तयारी गर्ने नगरपालिकाको लक्ष्य रहेको नगरप्रमुख खाँणको भनाइ छ ।

Pokharanews बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja