कुकुरको सुँध्ने क्षमता मानिसको भन्दा बढी किन हुन्छ ?



पोखरा

हामी हाम्रा वातावरण वरिपरिका गन्ध तथा वासनाहरु थाहा पाउने गर्दछौं । यी गन्ध तथा वासनाहरु हामीहरु कसरी थाहा पाउँदछौ त ?

मानिसहरुको नाकको दुवै छिद्रहरुभित्र लगभग २५० वर्ग मिलीमिटर पहेंलो रंगको एउटा क्षेत्र हुन्छ, जसमा लाखौंको संख्यामा विशेष प्रकारको गन्ध संवेदनशील कोशिकाहरु हुन्छन् । यसलाई केमोरिसेप्टर भनिन्छ । यसको संरचना रौंहरुको जस्तै हुन्छ । यो सधैं म्यूकस नामको तरल पदार्थबाट भिजेको हुन्छ । नसाद्वारा यसको सम्वन्ध मस्तिष्कको निश्चित भागमा रहेको हुन्छ । मस्तिष्कको यो भागलाई ‌ओलफ्याक्टरी बल्व (olfactory bulb ) भनिन्छ । जब हामी कुनै बस्तु सुघ्छौं त्यो बस्तुबाट निक्लिएको कण हावाको सँगसँगै केमोरिसेप्टरसम्म पुग्छ । त्यहाँ पुगेर यसले नसाहरुमा एक प्रकारको विद्युतधारा उत्पन्न गर्दछ । यही विद्युतधारा मस्तिष्कको ओलफ्याक्टरी  बल्बसम्म पुग्दछ र हामी गन्ध वा वास्नाको अनुभव गर्दछौं ।

यही गन्ध बढी तथा घटी थाहा पाउने क्षमता ओलफ्याक्टरी  बल्बमा निर्भर गर्दछ । जुन प्राणीको ओलफ्याक्टरी  बल्ब जति ठूलो हुन्छ त्यसको सुँघ्ने क्षमता पनि त्यतिकै बढी हुन्छ । र, जुन प्राणीको ओलफ्याक्टरी  बल्ब जति सानो हुन्छ उसको सुँघ्ने क्षमता पनि उत्तिकै कम हुन्छ । परीक्षणबाट के कुरा थाहा पाइएको छ भने कुकुरहरुको ओलफ्याक्टरी  बल्बको आकार मानिसहरुको ओलफ्याक्टरी बल्बभन्दा धेरै ठूलो आकारको हुन्छ । त्यसैले उनीहरुको सुँघ्ने क्षमता मानिसहरुकोभन्दा बढी भएको हो ।

यही गन्ध थाहा पाउने विशेषताका कारण कुकुर मान्छेको लागि अति नै उपयोगी प्राणी साबित भएको छ । विशेष गरी, अपराधीहरुलाई पत्ता लगाउन, लुकाइएका लागू औषधहरु पत्ता लगाउन, जमीनमुनि विछ्याइएका विष्फोटक पदार्थहरु खोज्न, पुरिएका मान्छेहरुलाई खोज्न लगायत विभिन्न कामहरुमा कुकुरको व्यापक प्रयोग हुने गरेको छ ।

Ratopati बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja