बजारमा आउँदैछ विश्वकै सबैभन्दा सानो थ्री जी स्मार्टफोन



पोखरा

बेलायतको स्मार्टफोन निर्माता कम्पनी जिनी मोबाइल्सले विश्वकै सबैभन्दा सानो आकारको थ्री जी स्मार्टफोन तयार गरेको छ ।

कम्पनीले यस स्मार्टफोनको प्रचार अभियानका लागि वेबपेज नै सुरु गरेको छ र त्यसमा फोनको मूल्य र डिजाइन लगायतका विवरण सार्वजनिक गरिएका छन् ।

कम्पनीका अनुसार यो मोबाइलको नाम जान्को टिनी टू हुनेछ र यसमा एक स्मार्टफोनमा हुने सम्पूर्ण फिचरहरु उपलब्ध हुनेछन् ।

आगामी अप्रिल देखि यो मोबाइलको बिक्रि सुरु गरिने कम्पनीले जनाएको छ ।

यो फोनमा क्यामरा, भिडियो रेकर्डिङ, एमपिथ्री तथा एमपी फोर प्लेब्याक, गेम, क्यालेन्डर तथा रेडियो लगायतका फिचर उपलब्ध छन् ।

यो स्मार्टफोनमा माइक्रो एसडी कार्ड मार्फत स्टोरेज क्षमता ३२ जिबी सम्म बढाउन सकिन्छ । फोनमा विभिन्न बिल्टइन एपहरु रहनेछन् । यसमा ब्लुटुथ कनेक्टिभिटी तथा एसओएस मेसेज फंक्सन उपलब्ध छ ।

कम्पनीका अनुसार अमेरिका, बेलायत, भारत, चीन, जापान, जर्मनी लगायतका मुलुकमा अनलाइन मार्फत खरीद गर्दा निशुल्क रुपमा यो फोन निशुल्क डेलिभरीको व्यवस्था हुनेछ । यो फोनको मूल्य न्यूनतम ५९ देखि अधिकतम ७९ डलरसम्म तोकिएको छ ।

विश्वकै सबैभन्दा सानो यो थ्री जी फोनको तौल जम्मा ३१ ग्राम रहेको छ ।

Onlinekhabar बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja