दीपिकाको छपाक कि अजयको तानाजी ? थाहा पाउनुस् कसको कमाई कति



पोखरा

शुक्रबार १० जनवरी २०२० को मौका पारेर ठूलो पर्दामा दुईवटा फिल्म रिलिज भए ।

एकातिर दीपिका पादुकोणको एसिड आक्रमणमा परेकी पीडित लक्ष्मी अग्रवालको जीवनबाट प्रेरित फिल्म ‘छपाक’ जसलाई मेघना गुल्जारले निर्देशन गरेकी छिन् भने अर्कोतर्फ ओम राउतको निर्देशनमा बनेको फिल्म तानाजीः द अनसंग वारियर छ । फिल्ममा अजय देवगन, सेफ अली खान र काजोल मुख्य भूमिकामा छन् । तानाजीलाई छत्रपति शिवाजी महाराजको दाहिने हात मानिन्थ्यो । यसमा सैफ अली खान भिलेनको भूमिका छन् भने काजोल तानाजीकी श्रीमतीको भूमिकामा छिन् ।

दीपिका पादुकोण र विक्रान्त मैसीको उत्कृष्ट अभिनयले सजिएको फिल्म छपाक रिलिज अघि नै अत्यधिक चर्चामा रह्यो किनभने दीपिका पादुकोणले केहि दिन अघि दिल्लीको जवाहरलाल नेहरु युनिभर्सिटी पुगिन् जहाँ उनले हमलाको शिकार विद्यार्थीप्रति समर्थन जताएकी थिइन् । यो फिल्ममार्फत् दीपिका पादुकोणले निर्माताको रुपमा बलिउडमा कदम राखेकी छिन् ।

फिल्म समीक्षक तरन आदर्शले १० जनवरी अर्थात् पहिलो दिन छपाकको कमाईलाई हल्का बताएका थिए ।

त्यस्तै, दोस्रो दिन छपाकको कमाईमा थोरै वृद्धि देखियो ।

तरनले आइतबार छपाकको विकेन्ड कमाईलाई राम्रो त भने तर उत्कृष्ट हुन नसकेको बताए ।

यस्तै, अर्कोतर्फ अजय देवगन, काजोल र सेफ अली खानको फिल्म तानाजीले शुक्रबारदेखि नै आफ्नो गती समातेको थियो ।

तानाजीको ट्रेलर रिलिजपछि यसको तुलना प्रभासको फिल्म बाहुबलीसँग गरिएको थियो तर फिल्म क्रिटिक तरन आदर्शका अनुसार महाराष्ट्रमा तानाजीले पहिलो २ दिनमा कमाल गरेर देखायो ।

मेघना गुलजारको फिल्म छपाकले देशभरी १७ सय र विदेशमा ४ सय ६० स्क्रिन पायो । जम्मा गरेर फिल्मलाई २ हजार १ सय ६० स्क्रिनमा रिलिज गरिएको छ भने अर्कोतर्फ ओम राउतको तानाजीले देशभरी ३ हजार ८ सय ८० र विदेशमा ६ सय ६० स्क्रिन पाएको छ । जम्माजम्मी तानाजीले ४ हजार ५ सय ४० स्क्रिनमा रिलिज गरिएको छ ।

तानाजीः द अनसंग वारियरमा अजय देवगन र काजोलले आफ्नो हिट जोडीलाई ११ वर्षपछि सिल्भर स्क्रिनमा पुनः ताजा गरिरहेका छन् । यसअघि यी दुई ‘यू मी और हम’ मा देखिएका थिए ।  

दीपिका जेएनयू पुगेलगत्तै #BoycottChhapaak टप ट्वीटर ट्रेन्ड बन्यो । यो ह्यास ट्यागसहित केही व्यक्तिले दीपिकाको फिल्म छपाकलाई बहिष्कार गर्न अपिल गरिरहेका थिए । यद्यपि, धेरैजसो ट्वीटर प्रयोगकर्ताले यसको विरोध गर्दै दीपिकालाई समर्थन पनि गरिरहेका थिए ।

बक्स अफिस इन्डियाको वेबसाइटका अनुसार सोमबार १३ जनवरीका दिन छपाकको कमाइमा कमी देखिएपनि तानाजीले भने आफ्नो गती यथावत राख्यो । सोमबार मानिसहरु कमै रुपमा हलमा जान्छन् तर तानाजीले छपाकलाई सोमबार पनि पछार्‍यो ।

Ratopati बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja