क्रिकेट रंगशालामा आर्थिक सहयोग जुटाउन महायज्ञ गरिने, खेलाडीबाट उदघाटन गराउने योजना



पोखरा

चितवनको भरतपुरमा निर्माण भैरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आर्थिक सहयोग जुटाउन धनधान्याचल महायज्ञ हुने भएको छ । आगामी माघ १९ गतेदेखि २६ गतेसम्म रंगशाला निर्माणस्थल भरतपुर १५ मा नै महायज्ञ गर्न लागिएको धुर्मस-सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मस)ले जानकारी दिए ।

महायज्ञको प्रमुख वाचक पण्डित दिनबन्धु पोखरेल रहेका छन् । महायज्ञबाट ५० करोड उठाउने लक्ष्य राखिएको छ ।

महायज्ञ उदघाटन समारोहमा २१ खेलका सबै राष्ट्रिय खेलाडीहरुको उपस्थिति हुने र उनीहरुबाट नै महायज्ञ उदघाटन गराउने योजना छ ।

पुस २८ गते महायज्ञ मूल समारोह समिति घोषणा गर्ने कार्यक्रम तय भएको संयोजक विजय सुवेदीले जानकारी दिए । १ हजार १ सय ११ सदस्यीय मुल आयोजक समिति, १५ जनाको स्टेरीङ र १०१ जनाको सचिवालय बनाइने संयोजक सुवेदीले जानकारी दिए । महायज्ञलाई कसरी सफल बनाउने भन्ने बारेमा भरतपुर महानगरपालिका वडा नं. १५ सँग जोडिएका वडाध्यक्षसहितका स्थानीय अगुवाहरुसँग छलफलसमेत गरिएको संयोजक सुवेदीले जानकारी दिए ।

धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष सिराराम कट्टेल धुर्मुसले स्वदेश तथा विदेशमा रहेका नेपालीहरुलाई अपनत्व गराउने माध्यम र जोडिनका लागि सहज होस् भनेर महायज्ञ गर्न लागिएको बताए । ‘महायज्ञमा सबै नेपालीहरुको साथ रहन्छ भन्ने विश्वास लिएको छु, प्रचारप्रसार पनि हुन्छ,’ अध्यक्ष कट्टेलले भने, ‘७७ वटै जिल्लाका कक्ष रंगशालामा बन्ने भएकोले सबै जिल्लाका नागरिकहरुको सहयोग मिल्छ भन्ने अपेक्षा छ ।’ उनले रंगशालामा कमलको फूलको पत्ता सातवटा प्रदेश झल्काउने खालेको रहेकाले सातै प्रदेशमा पछि ठूला महायज्ञ पनि गर्न सकिने बताए । चितवन र यसआपसका जिल्लामा पनि विभिन्न समितिहरु बनाउने योजना छ ।

रंगशाला निर्माणस्थलमा पछिल्लो समय स्वतस्र्फूत रुपमा आएर सहयोग गर्नेको संख्या बढ्दै गएको छ । रंगशालाको पिच र ड्रेनएजको काम भैरहेको छ । दैनिक तीन सय जना मजदुरले रंगशालामा काम गरिरहेका छन् ।

Onlinekhabar बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja