इरान विमान दुर्घटनाः सरकारविरुद्ध सडकमा उत्रिए हज्जारौं प्रदर्शनकारी



पोखरा

इरानको राजधानी तेहरानको सडकमा हज्जारौं मानिस प्रदर्शनमा उत्रिएका छन् ।

प्रदर्शनकारी ती अधिकारीसँग रिसाइरहेका छन् जसले युक्रेनको यात्रुवाहक विमानमा आफूले क्षती नपुर्‍याएको भनी दाबी गरिरहेका थिए ।  

यी अधिकारीविरुद्ध तेहरानका दुई विश्वविद्यालय बाहिर प्रदर्शन भइरहेको खबर छ । प्रदर्शनकारीमाथि अंकुश लगाउन अश्रु ग्यासको प्रयोग गरिएको पनि बताइएको छ ।

यस्तै, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यी प्रदर्शनलाई प्रेरक बताउँदै उसको समर्थनमा ट्वीट गरेको छ ।

यसअघि इरानले शनिबार अर्थात् विमान दुर्घटनाको तीन दिन पछि गल्ती स्विकार गदै आफ्नो मिसाइलले नै यात्री विमानलाई खसालेको स्विकार गरेको छ । यो विमानमा सवार सबै १ सय ७६ जनाको मृत्यु भएको थियो ।

युक्रेनियन एयरलाइन्सको यो विमान तेहरानबाट युक्रेन जाँदै थियो ।

विरोध प्रदर्शनमा के भइरहेको छ ?

तेहरानबाट प्राप्त खबरका अनुसार कम्तिमा दुई युनिभर्सिटी, शरिफ र आमिर काबिर बाहिर प्रदर्शनकारी जम्मा भएका छन् । सुरुमा उनीहरुले दुर्घटनामा मारिएका व्यक्तिहरुलाई श्रद्धाञ्जली दिन आफूहरु जम्मा भएको बताएका थिए तर बेलुका नहुँदै प्रदर्शन उग्र हुँदै गयो ।

इरानको फास समाचार एजेन्सीले विरोध प्रदर्शनको खबर जारी गरेको छ । यो अर्ध सरकारी एजेन्सीले सरकार विरोधी खबर मात्रै प्रकाशित गर्छ । इरानको सत्तारुढ नेताविरुद्ध हज्जारौं बढी मानिसहरु नाराबाजी गरिरहेका छन् ।

विरोध प्रदर्शनमा विद्यार्थीहरुको उपस्थिती बढी छ । उनीहरु यात्रुवाहक विमानलाई खसाल्नका लागि जिम्मेवार व्यक्तिहरुमाथि कारवाहीको माग गरिरहेका छन् ।

विद्यार्थीले लगाइरहेका नारामा इरानमा सर्वोच्च नेता कमान्डर इन चीफ अयातोल्लाह अली खमेनेईको राजिनामा र झुटो बोल्ने व्यक्तिलाई मृत्युदण्डको सजायको माग गरिरहेका छन् ।

फास समाचार एजेन्सीका अनुसार पुलिसले सडक जाम गरिरहेका प्रदर्शनकारीमाथि कारवाही पनि गरेका छन् । सोसल मिडियामा जुन भिडियो फुटेज देखिएका छन् त्यसमा अश्रु ग्यासको पनि प्रयोग भइरहेका छन् ।

उक्त दुर्घटनाका लागि सोसल मिडिया प्लेटफर्ममा पनि मानिसहरुले आफ्नो रिस व्यक्त गरिरहेका छन् । एक सोसल मिडिया प्रयोगकर्ताले ट्वीट गरेका छन्, ‘म आफ्ना देशका ती अधिकारीलाई कहिले पनि माफी दिनेछैन जो यो अपराधमा संलग्न थिए र झुटो बोलिरहेका थिए ।’

हुन त तेहरानमा देखिरहेको विरोध प्रदर्शन इरानका कमान्डर सुलेमानीको मृत्यु पछि भएको विरोध प्रदर्शनको तुलनामा निकै सानो छ ।

Ratopati बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja