यनाइटेड र चेल्सीले जित्दा लेस्टर पराजित



पोखरा

इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र चेल्सीले फराकिलो जित निकाल्दा दोस्रो स्थानमा रहेको लेस्टर सिटी भने साउथह्याम्पटनसँग पराजित भएको छ ।

शनिबार राति भएको खेलमा युनाइटेडले नर्विच सिटीलाई ४–० गोलले हरायो । घरेलु मैदानमा युनाइटेडलाई जिताउन मार्कस रास्फोर्डले २७औँ र ५२औँ मिनेटमा दुई गोल गरे । एन्थोनी मार्सियलले ५४औँ र मासुन ग्रीनउडले ७६ औँ मिनेटमा एक–एक गोल थपेका थिए । जितसँगै २२ खेलबाट ३४ अंक बनाएको युनाइटेड पाँचौँ स्थानमा छ । १४ अंक बनाएको नर्विच तालिकाको अन्तिममा छ ।

अर्को खेलमा चेल्सीले बर्नलीलाई ३–० गोलले हरायो । एकपक्षीय खेलमा चेल्सीको जितमा जर्जिन्होले २७ औँ मिनेटमा पेनाल्टी मार्फत पहिलो गोल गरे । टमी अब्राहमले ३८औँ र कलुम हड्सन ओडीले ४९औँ मिनेटमा गोल गर्दै चेल्सीलाई सहज जित दिलाए । जितसँगै ३९ अङ्क बनाएको चेल्सी चौथो स्थानमा छ । २४ अंक बनाएको बर्नली १५औं स्थानमा छ ।

यसैगरी दोस्रो स्थानमा रहेको लेस्टर सिटीलाई साउथह्याम्पटनको नमिठो झट्का लागिको छ । लेस्टर आफ्नै घरमा साउथह्याम्पटनसँग २–१ गोलले पराजित भयो । साउथह्याम्पटनको जितमा स्टुअर्ट आम्सट्रोङले १९औं र डेनी इङ्सले ८१औं मिनेटमा गोल गरे । लेस्टरका डेनिस परेटले १४औँ मिनेटमा सुरुवाती गोल गरेका थिए ।

हारेपनि दोस्रो स्थानमा रहेको लेस्टरको ४५ अंक छ । लेस्टर शीर्ष स्थानमा रहेको लिभरपुलभन्दा १६ अंकले पछि छ । लिभरपुलको ६१ अंक छ । २८ अंक बनाएको साउथह्याम्पटन १२औं स्थानमा उक्लिएको छ । अन्य खेलमा एभर्टनले ब्राइटनलाई १–० गोलले हराएको छ । आर्सनल र क्रिस्टल प्यालेस तथा वुल्भ्स र न्युकासलले समान  १–१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।

Ratopati बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja