प्रदेश नम्बर ३ को नाम बाग्मती र केन्द्र हेटौंडा राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित



पोखरा

प्रदेश नम्बर ३ को नाम बाग्मती र केन्द्र हेटौंडा बनाउने पक्षमा दुई तिहाइ मत परेको छ ।

आइतवार बसेको प्रदेश तीनको प्रदेशसभा बैठकले प्रदेशको नाम र राजधानी बारे निर्णय गरेको हो ।

आज बसेको बैठकमा भएको मतदानमा प्रदेश नम्बर ३ को नाम बाग्मती र केन्द्र हेटौंडा बनाइयोस् भन्ने मुख्यमन्त्री डोरमणि पौडेलको प्रस्तावको पक्षमा १०५ मत र हुन्न भन्ने पक्षमा तीन मत परेको छ ।

‘तत्काल कायम रहेको संख्याको दुई तिहाइ रहेकोले दुई तिहाइ बहुमतले  पारित भएको प्रदेश नम्बर ३ को नाम बाग्मती र केन्द्र हेटौंडा बनाउने निर्णय घोषणा गर्दछु’ सभामुख सानुकुमार श्रेष्ठले बैठकमा निर्णय सुनाउँदै भने ।

यसअघि काभ्रेको धुलिखेल प्रदेश राजधानी बनाइयोस् भन्ने प्रस्ताव अस्वीकृत भएको थियो । साझा र विवेकशील दलका सांसदले काभ्रेको धुलिखेल प्रदेशको राजधानी बनाउन प्रस्ताव पेश गरेका थिए । तर उक्त प्रस्तावको पक्षमा तीन मत मात्र परेको छ ।

प्रदेश नम्बर ३ को नाम बाग्मती र केन्द्र हेटौंडा बनाउने निर्णय यसअघि सत्तारुढ दल नेकपाको सचिवायल बैठकले निर्णय गरेको थियो भने नेकपाको प्रदेश तीन संसदीय दलले समेत सोही निर्णय गरेको थियो । नेकपाका नेताहरुमै रहेको असन्तुष्टिका माझ प्रदेश नम्बर ३ को केन्द्र हेटौंडा बनाउने निर्णय भएको हो ।

Khabarhub बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja