राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा ७ टोली सहभागी



पोखरा

होङ्गवान्जी न्यू डाइमण्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा सात टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । बुधबारदेखि शुरु हुने उक्त प्रतियेगितामा भाग लिने टोलीबारे आयोजक न्यू डायमण्ड स्पोर्टस् क्लबले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

यही पुस २३ देखि २६ गतेसम्म सञ्चालन हुने सो प्रतियोगिताको तेस्रो संस्करणमा आयोजक न्यू डाइमण्ड, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, नेपाल प्रहरीको पुलिस क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, ढोरपाटन स्पोर्टस् क्लब, टप्स मावि पोखरा र पारामाउन्ट इङ्गलिश स्कुलले प्रतिस्पर्धा गर्ने क्लबका उपाध्यक्ष एवं प्रतियोगिताका संयोजक कुमार राईले जानकारी दिए । प्रतियोगिता लिग कम नकआउटका आधारमा खेलाइनेछ । प्रतियोगिताका खेल नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल क्लबको मैदानमा हुने छन् ।

विजेताले रु चार लाख १ सय१, उपविजेताले रु तीन लाख १ सय १, तेस्रो हुनेले रु एक लाख ५१ हजार १ सय १ तथा चौथोले रु ५१ हजार १ सय १ पुरस्कार प्राप्त गर्नेछन् । गत वर्ष विजेताले रु तीन लाख एक हजार पुरस्कार प्राप्त गरेको थियो । यस्तै प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले रु २१ हजार १ सय  पुरस्कार प्राप्त गर्नेछन । यसैगरी उत्कृष्ट स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकलाई रु सात हजार १ सय १ प्रदान गरिने संयोजक राईले जानकारी दिए ।

उक्त प्रतियोगिता सञ्चालन गर्न होङ्गवान्जी बौद्ध समाजले एक वर्षका लागि मुख्य प्रायोजन गरेको छ । आयोजक न्यू डाइमण्ड क्लब र समाजबीच आज सम्झौतापत्रका हस्तार भएको छ । होङ्गवान्जीले विजेता र उपविजेताले प्राप्त गर्ने पुरस्कारको प्रायोजन गर्नेछ भने मुक्तिनाथ विकास बैंकले तेस्रो तथा निलगिरि युथ क्लबले चौथो हुने टोलीले पाउने पुरस्कारको प्रायोजन गरेको संयोजक राईले बताए  । प्रतियोगिताको पहिलो संस्करणको उपाधि आयोजक न्यू डायमन्ड क्लब तथा दोस्रो संस्करण सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको थियो ।

यसैबीच उक्त प्रतियोगिता सञ्चालन गर्नका लागि नेपाल भलिबल सङ्घले पाँच थान बल र एक थान जाली सहयोग गरेको छ । सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले उक्त खेल सामग्री प्रतियोगिताका संयोजक राईलाई हस्तान्तरण गरे ।

Pokharanews बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja