कीर्तिपुरमा कर्णदास साँगीतिक साँझ हुने



पोखरा

कीर्तिपुरमा गायक कर्णदासको साँगीतिक साँझ हुने भएको छ ।

साँगीतिक साँझको आयोजना कीर्तिपुर म्युजिक एशोसिएसनले माघ १ गते काठमाण्डौ किर्तिपुर स्थित पांगा पार्टीमा गर्दैछ । सो कार्यक्रमको मुख्य आर्कषणको रुपमा स्वर सुन्दरमणीको रुपमा परिचित गायक कर्णदासले आफ्नो प्रस्तुती राख्ने भएका हुन् । यो कार्यक्रमलाई लिएर गायक कर्णदास उत्साहित भएका छन् । लाइभ म्युजिकको साथमा प्रस्तुत हुने उनलाई ८ जना कलाकारले म्युजिकमा साथ दिनेछन् ।

कार्यक्रममा डेढ दर्जन आफ्ना नयाँ तथा पुराना गीत सुनाउने तयारी कर्णदासको छ । ‘सबै कुराको समय हुन्छ भनेको सत्य हो, उहिले देखेको सपना आज आएर पुरा हुँदैछ’ कर्णदासले भने । साँझ ५ बजेबाट बजेबाट शुरु हुने यो कार्यक्रममा कर्णदासले साढे दूई घण्टासम्म प्रस्तुती राख्नेछन् । ‘किर्तिपुर ऐतिहासिक ठाउँ हो, पहिलोपटक साँगीतिक साँझ मार्फत प्रस्तुत हुने अवसर पाएको छु’ उत्साहित हुँदै उनले भने ।

१० वर्ष विदेशी भुमिमा बसेर नेपाल फर्किएपछि साँगीतिक यात्रामा फर्केका कर्णदासको सक्रियता र क्रेज पछिल्ला दिनमा फेरी बढ्दै गएको छ । यात्रालाई निरन्तरता दिदैँ दर्शक, श्रोताको माया पाउन उनले मेहनत गरिरहेका छन् । वि.स.२०५३ सालमा ‘जिन्दगीको के भरोसा’ बोलको गीतबाट साँगीतिक क्षेत्रमा डेब्यू गरेका उनले हालसम्म १ हजार २ सय गीतमा आवाज भरीसके ।

Pokharanews बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja