ओमान एयरको ईमेलमा ‘भिजिट नेपाल २०२०’को लोगो



पोखरा

ओमानको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी ओमान एयरले ‘भिजिट नेपाल २०२०’ सफल पार्न एयरलाइन्सको तर्फबाट सहयोग रहने बताएको छ । सन् २०१० सेप्टेम्बरबाट नेपालमा उडान भर्दै आएको ओमानले भिजिट नेपाल २०२० का लागि अन्तर्राष्ट्रिय एयरलाइन्सका तर्फबाट प्रचार प्रसारमा सहयोग गर्ने भएको हो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित ओमान एयरलाइन्सकी स्टेसन म्यानेजर ट्विङ्कल न्याच्छोले ओमान एयरले आफ्नो इमेलको हस्ताक्षरमा (सिग्नेचर)मा ‘भिजिट नेपाल २०२०’को लोगो राखेर प्रचार प्रसार सुरु गरेको बताइन् ।

इमेलमा प्रयोग गरेको एयरलाइन्सको सिग्नेचरमा भिजिट नेपालको लोगो र  हिमालको तस्विरसहित शान्त नेपालको वर्णन गरिएको छ । स्टेशन म्यानेजर न्याच्छो भन्छिन्, ‘उक्त लोगोसहितको सिग्नेचर राखिएको इमेल ओमानको नेपालबाट उडाने हुने विश्वका थुप्रै देशमा जाने र एयरलाइन्सका कर्मचारी, एयरलाइन्ससँग सम्वन्धित व्यक्ति तथा यात्रुहरुले पनि हेर्ने भएकाले यसले भ्रमण वर्षका लागि पर्यटक भित्र्याउन पक्कै पनि सहयोग पुग्नेछ ।’ 

पर्यटकिय क्षेत्रमा ओमान 

ओमान एयरलाइन्सले नेपाल सरकारको भिजिट नेपाल २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले पाटन टुरिज्म डेभलपमेन्ट अर्गनाइजेसन, डान्स एण्ड म्यूजिक कम्पनी, पाटन म्यूजियम र ललितपुर महानगरपालिकासँग सहकार्य गर्दै भ्रमण वर्षको स्वागत गरेको छ । बिहीबार साँझ पाटन दरबार क्षेत्रस्थित कृष्ण मन्दिर अगाडिको कार्तिक दवुःमा भ्रमण वर्षको स्वागतमा विशेष कार्यक्रमको आयोजना भएको थियो ।

पाटन पुरातात्विक महत्वको क्षेत्र भएकाले यस क्षेत्रमा पर्यटकलाई आकर्षित गर्न स्थानिय तहबाट पनि विशेष पहल हुँदै आएको छ । पाटन क्षेत्र घुम्न आउने पर्यटकको बसाई लम्ब्याउन मद्दत पुगोस् भनेर यस क्षेत्रको बारेमा प्रचारप्रसारमा एयरलाइन्सले सहयोग गरेको हो । यता, नेपाल सरकारले भने अन्तर्राष्ट्रिय एयरलाइन्सहरुलाई भ्रमण वर्षमा सहयोगको लागि कुनै पनि अपिल नगरे पनि ओमान एयरले भने आफ्नो तर्फबाट सरकारलाई सहयोग गर्ने बताउँदै आएको छ । 

१९८१ मा स्थापना भएको ओमानले नेपालमा २०१० सेप्टेम्बरबाट उडान सुरु गरेको थियो । हप्तामा १५ वटा उडान भर्दै आएको ओमानले नेपालमा पर्यटक भित्र्याउन कम्पनीको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

विश्वका ५३ देशमा उडान भर्दै आएको ओमानले हाल नेपालबाट यूरोप, मध्यपूर्व, थाइल्यान्ड, श्रीलंका, माल्दिभ्स, मलेसिया  र भारतका विभिन्न सहरमा आफ्नो उडान भर्दै आएको छ । नेपालमा हालसम्म २८ वटा एयरलाइन्स सञ्चालित छन् । जसमध्ये ओमन इन्टरनेशनल एयरलाइन्सले भिजिट नेपाल २०२० सफल बनाउन शुभारम्भ गरेको छ ।   

Ratopati बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja