हाडजोर्नी दुखाइको अचुक औषधि जाइफल, यसरी गर्नुस् प्रयोग



पोखरा

सामान्यतया जो केहिलाई पनि चिसोको समयमा हाडजोर्नीको समस्या हुने गर्दछ ।

बढ्दो उमेरका मानिसहरुलाई क्याल्सियमको कमीका कारण जोर्नी दुख्नु सामान्य कुरा हो । तर मानिसहरु यस्ता दुखाई कम गर्नका लागि विभिन्न औषधिको प्रयोग तथा पेनकिलरको सहायता समेत लिने गर्छन ।

जोर्नी दुखाईको समस्याबाट छुटकारा पाउनका लागि आफ्नै किचनमा प्रयोग हुने बस्तुको प्रयोग गर्न सकिन्छ त्यो हो जाइफल, जसको प्रयोगले जोर्नीको दुखाई सजिलै कम गराउछ ।

जाइफलमा प्रचुर मात्रामा क्याल्सियम र फस्फोरस तत्व पाइन्छ जुन हाडजोर्नीका लागि अति नै उपयोगी मानिन्छ । विशेषगरी यसले हरेक किसिमको जोर्नी दुखाई कम गर्न मदत पुर्याउछ ।

यसको प्रयोगका लागि सर्वप्रथम जाइफललाई राम्रोसंग पिसेर पाउडर बनाउने । हरेक दिन बिहान मनतातो पानीमा यस पाउडर मिसाई नियमित सेवन गरेको खण्डमा हाडजोर्नी दुखाईलाई कम गर्दछ ।

यसका अतिरिक्त तिलको तेलमा जाइफलको पाउडर राखी हल्का मनतातो बनाई दुखेको ठाउँमा लगाउनाले पनि यसबाट लाभ उठाउन सकिन्छ ।

Khabarhub बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja