म्यान्चेष्टर युनाईटेडविरुद्ध आर्सनल विजयी



पोखरा

ईङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाईटेडमाथि आर्सनलले जित निकालेको छ । बुधबार राति भएको खेलमा लण्डन क्लब आर्सनलले युनाईटेड क्लबलाई २–० गोल अन्तरले हराएको हो ।

आर्सनलको जितमा निकोलास पेपे र सोक्राती पापस्तथोपोलोसले एक–एक गोल गरे ।

सईद कोलासिनाकको पासलाई सदुपयोग गर्दै आठौं मिनेटमा निकोलासले लण्डन क्लबलाई अग्रता दिलाएका थिए । चालू सिजनमा उनको यो पाँचौ गोल हो ।

४२ औं मिनेटमा पापस्तथोपोलोसले गोल गर्दै आर्सनलको अग्रतालाई दोब्बर बनाएका थिए ।

जितसंगै आसएनल २१ खेलबाट २७ अंक जोड्दै तालिकाको दशौं स्थानमा उक्लिएको छ । युनाईटेड ३१ अंक सहित तालिकाको पाँचौ स्थानमा छ ।

Khabarhub बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja