संसारभर नयाँ वर्ष २०२० को रौनक
पोखरा
संसारभर अंग्रेजी नयाँ वर्ष २०२० हर्सोल्लासका साथ मनाउने क्रम जारी छ।
संसारका विभिन्न देशका नागरिकले नयाँ वर्ष २०२० लाई एक उत्सवको रूपमा मनाउँदै छन्।
बालबालिका, युवापुस्तादेखि वृद्धवृद्धाले समेत यस वर्षलाई उल्लासमय तरिकाले मनाइरहेका छन्।
‘उज्यालो प्रकाश, चमक धमक अनि धेरै मिठाई’ बच्चाहरूका लागि नयाँ वर्षको मतलब यो हुन सक्छ अनि उनीहरूले अपेक्षा पनि यस्तै गर्छन्।
संसारभरका बच्चाले आफ्ना परिवार र साथीभाइसँग खुसीसाथ नयाँ साल मनाइरहेका छन्। यसैगरी युवापुस्ता पनि यो वर्षलाई खास तरिकाले मनाइरहेका छन्। कोही पार्टी क्लब गएर उत्सव मनाइरहेका छन् भने कोही आतिशबाजी गरेर। जे भए पनि नयाँ वर्षलाई उनीहरूले सम्झनालायक बनाएर मनाइरहेका छन्।
Setopati बाट साभार