च्यासललाई हराउँदै जावलाखेल युथ तेस्रो स्थानमा उक्लियो सेतोपाटी संवाददाता



पोखरा

सहिद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लब तेस्रो स्थानमा उक्लिएको छ।

मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा जावलाखेलले च्यासल युथ क्लबलाई २-० गोलले पराजित गर्दै तेस्रो स्थानमा उक्लिएको हो।

जावलाखेलको युथको जितमा रुपबहादुर लामा र विजय घलानले गोल गरे। 

रुपबहादुरले खेलको ८० मिनेटमा गोल गरे। 

२ मिनेट पछि नै जावलाखेलले अग्रता दोब्बर पारे। विजयले च्यासलका गोलकिपर एलन न्यौपानेले क्लियर गर्न नसकेको बलमा रिबाउन्डमा गोल गरेका थिए। 

जितसँगै जावलाखेल चार खेलबाट ८ अंक जोडेर तेस्रो स्थानमा उक्लियो। शीर्ष स्थानको मनाङ मर्स्याङ्दी क्लबको ४ खेलबाट १० अंक र दोस्रो स्थानको मच्छिन्द्र क्लबको ८ अंक छ। 

च्यासल ४ खेलबाट ४ अंक जोड्दै आठौं स्थानमा छ। 

Setopati बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja