ट्रम्प र पुटिनबीच फोन वार्ता



पोखरा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी समकक्षी भ्लादिमिर पुटिनबीच टेलिफोन वार्ता भएको छ ।   उनीहरुबीच दुई पक्षीय सम्बन्ध, साझा चासोका विषयसँगै क्षेत्रीय र अन्तर्राष्ट्रिय विभिन्न विषयमा कुराकानी भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसले सोमबार जनाएको छ । 

‘राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फोन गर्नुभएको थियो, रुसमा भएको आक्रमणमा सहयोग पुग्नेगरी सूचना उपलब्ध गराएकोमा पुटिनले ट्रम्पलाई धन्यवाद दिनुभएको थियो,’ ह्वाईट हाउसद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

दुवै पक्षका प्रतिबद्धतालाई निरन्तरता दिँदै दुवै पक्षीय सम्वन्धका बारेमा छलफल भएको ह्वाईट हाउसले जनाएको छ । रुसी संघीय सुरक्षा सेवाले सोमबार दिएको जानकारीअनुसार नयाँ वर्षको विदाको बेलामा दुई ओटा आक्रमण भएको थियो । रुसको दोस्रो ठूलो सहर सेन्ट पिटर्सबर्गमा भएको आक्रमण अमेरिकाले दिएको सूचनाका आधारमा गरिएको थियो ।

पुटिनले ट्रम्पलाई क्रिसमस र नयाँ वर्षको उपलक्ष्यमा शुभकामना पनि दिनुभएको समाचारमा जनाएको छ ।

Ratopati बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja