पहिलोपटक फाइबरबाट फोन र इन्टरनेट –रामबहादुर थापा



पोखरा

नेपाल टेलिकमले फाइबर प्रविधिबाट धवलागिीरका चार जिल्लामा एकसाथ फोन र इन्टरनेट सेवा शुरुआत गरेको छ । पहिलोपटक टेलिकमले बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लामा बुधबारदेखि सेवा थालनी गरेको हो ।

यसअघि बागलुङ सदरमुकाममा मात्र फाइबर प्रविधिको इन्टरनेट सेवा उपलब्ध रहेको थियो । नेपाल टेलिकम बागलुङ कार्यालयका वरिष्ठ इञ्जिनीयर केशव शर्माले म्याग्दीको गलेश्वरमा बुधबार सो सेवाको शुभारम्भ गर्दै इन्टरनेट र भ्वाइस सेवा एकसाथ शुरुआत भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “ग्राहकको पुरानै टेलिफोन नम्बरमा फाइबर प्रविधिबाट सेवा उपलब्ध गराएका छौँ ।” पहिलो चरणमा गलेश्वरका ६० जना ग्राहकले फाइबर जडान गरेका छन् । टेलिकमले १२८ जनालाई पुग्ने गरी तार र प्रणाली तयार गरेको छ ।

गलेश्वरपछि सदरमुकाम बेनी बजारमा फाइबर सेवा विस्तार गरिनेछ । पुरानो प्रविधिका फोन र इन्टरनेटलाई विस्तारै नयाँमा रुपान्तरण गर्दै लाने प्रमुख शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार बेनी बजारमा दुई हजार ५६० जना ग्राहककोमा फाइबर पु¥याउने काम जारी रहेको छ । बेनीको टेलिकम कार्यालयमा रहेको ‘अप्टिकल लाइन टर्मिनल’बाट गलेश्वरमा फाइबरको तार लगिएको छ ।

गलेश्वरबाट पुरानो तामाको तारको प्रविधि पूर्णरुपमा विस्थापन भएको टेलिकम म्याग्दी कार्यालयका प्रमुख विष्णुदेव शाहले बताउनुभयो । स्थानीय बासिन्दा फाइबारको एउटै तारबाट फोन र इन्टरनेट सेवा पाउँदा खुशी छन् ।

फाइबर प्रविधिबाट ग्राहकले भरपर्दो, स्तरीय र तीव्र गतिको ‘भ्वाइस’ तथा ‘इन्टरनेट’ सेवा पाउने उहाँले जानकारी दिनुभयो । “तामाको तार हुँदा इन्टरनेटको गति जम्मा पाँच एमबिपिएस थियो, अब न्यूनतम आठ एमबिपिएसदेखि ५५ एमबिपिएससम्मको सेवा ग्राहकले पाउनुहुनेछ”, उहाँले भन्नुभयो ।

बागलुङ बजारका एक हजार ८५० भन्दाबढी ग्राहकले अहिले फाइबर प्रविधिबाट इन्टरनेट सेवा लिइरहेका छन् । बागलुङ सदरमुकाममा मात्र पाँच हजार २५० जना ग्राहककामा फाइबर जडान गर्ने लक्ष्य छ । यस्तै पर्वत सदरमुकाम कुश्मामा दुई हजार ५६० र मुस्ताङ सदरमुकाम जोमसोममा एक हजार २४ ग्राहकलाई सेवा दिने गरी फाइबर बिछयाउने काम भइरहेको टेलिकमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja