कृषि नीति २०२० मन्त्रीपरिषदबाट पारित



पोखरा

किसानहरुको आर्थिक विकास गराउनेगरी भारतको ओडिसा राज्य सरकारले कृषि नीति पारित गरेको छ ।

मुख्यमन्त्री नविन पटनायकको अध्यक्षतामा मङ्गलबार बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले कृषि नीति २०२० ‘संबृद्धि’ पारित गरेको हो ।

नीतिमा कृषकहरुको उत्पादन तथा आम्दानी बढाउने र त्यसमा साना तथा मझौला कृषकहरु धेरै सहभागी गराउने उल्लेख गरिएको छ ।

कृषि उत्पादन तथा आम्दानी बृद्धि दिगो, स्थायी र मापनयोग्य बनाउने उद्धेश्य पनि नीतिमा समावेश गरिएको छ ।

सञ्चारकर्मीहरुसँग बोल्दै कृषि सचिव सौरभ गर्गले भन्नुभयो, “नयाँ कृषि नीतिले वाली विविधताको प्रबद्र्धन, बजार विस्तार र प्रविधिको प्रयोगलाई प्राथमिकता दिईने भएको छ ।”

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja