निःशुल्क स्वास्थ्य शिविर



पोखरा

पाल्पाको रामपुर नगरपालिकाद्वारा आयोजित दुई दिने निःशुल्क स्वास्थ्य शिविरमा मुख, टाउको तथा घाँटीको क्यान्सर र महिलाको पाठघेरको मुख तथा स्तनमा हुन सक्ने क्यान्सर रोगसम्बन्धी सेवा प्रदान गरिएको छ ।

नगर स्वास्थ्य संयोजक तीर्थप्रसाद ढुङ्गानाका अनुसार बुधबार सम्पन्न सो शिविरमा ५०७ ले सेवा लिएका छन् । शिविरमा पाठेघरको मुखको क्यान्सरको जाँच गराएका ३४८ मध्ये १३१ मा पाठेघरसम्बन्धी सङ्क्रमण देखिएका छन् । उनीहरुलाई औषधि वितरण गरिएको छ । त्यस्तै पाठेघर खस्ने समस्या देखिएका ३१ मध्ये पाँचको शल्यक्रिया गर्नुपर्ने र २६ जनामा रिङ राख्नुपर्ने देखिएका छन् । क्यान्सरको जोखिममा रहेका एक जनालाई आवश्यक उपचारका लागि भरतपुर क्यान्सर अस्पतालमा पठाइएको छ ।

यसैगरी स्तन परीक्षण गरिएको दुई सयमध्ये नौ जनामा असामान्य अवस्था देखिएपछि थप उपचारका लागि सल्लाह दिइएको छ । मुखको जाँच गरिएको एक सय ७८ मध्ये आठको अवस्था उच्च जोखिममा रहेको र त्यसमध्ये दुई जनामा क्यान्सर हुन सक्ने सम्भावना देखिएका हुँदा दुबै जनालाई थप उपचारका लागि भरतपुर क्यान्सर अस्पतालमा उपचार गराउन सल्लाह दिएको संयोजक ढुङ्गानाले जानकारी दिनुभयो ।

बिपि कोइराला मेमोरियल क्यान्सर अस्पतालका क्यान्सर रोग रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभागका प्रमुख भोला शिवाकोटीसहितको टोलीले सेवा दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja