झोलुङ्गे पुल निर्माण



पोखरा

उपल्लो मुस्ताङ जाने पदमार्गमा झोलुङ्गे पुल निर्माण गरिएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ स्थित समरखोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ ।

पूर्वाधार विकास कार्यालय म्याग्दीले स्थानीयवासी र समरगाउँ भएर उपल्लो मुस्ताङ जाने आउने पर्यटकलाई लक्षित गरेर पुल निर्माण गरेको हो । रु ८८ लाख ७९ हजार ९९९ मा ठेक्का सम्झौता गरेको थानी–हिमशिखर–रामकृष्ण जेभीले पुल निर्माण सकेको कार्यालयका सवइञ्जिनीयर रविन चोखालले जानकारी दिनुभयो । पुलको लम्बाइ १३० मिटर छ । समरखोला, लेतेखोला र म्याग्दीको खोलाखर्कमा झोलुङ्गे पुल बनाउन कम्पनीसँग ठेक्का सम्झौता भएको थियो ।

मङ्गला गाउँपालिकाको खोलाखर्कमा १७२ मिटर र थासाङ गाउँपालिकाको लेतेखोलामा १४२ मिटर लामो पुल निर्माण शुरु भएको कार्यालयका इञ्जिनीयर आशिष पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार यो गण्डकी प्रदेश सरकारले बनाएको पहिलो झोलुङ्गे पुल हो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja