पोखरा महानगरद्वारा सहकारी पाश्र्वचित्र तयार



पोखरा

पोखरा महानगरपालिकाले महानगरभित्र कार्यक्षेत्र रहेका सहकारी संस्थाहरुलाई व्यवस्थित गराउँदै अनुगमन र नियमनका लागि सघाउ पु¥याउने उद्देश्यले सहकारीको विवरणसहितको पाश्र्वचित्र (प्रोफाइल) तयार गरेको छ । महानगरभित्रका ३३ वडामा कार्यक्षेत्र रहेर सञ्चालनमा रहेका सहकारी संस्थाहरुको आधारभूत विषय पुस्तकमा समेटिएको छ ।

महानगरमा दर्ता भएका १९८ सहकारी संस्थाको नाम, सहकरीको किसिम, कार्यक्षेत्र, शेयर सदस्य सङ्ख्या, पूँजी लगायतका जानकारीसहितको अभिलेखीकरण तथा महत्वपूर्ण विवरणहरु पाश्वचित्रमा उल्लेख गरिएको छ । सो पुस्तकको आज एक कार्यक्रमबीच विमोचन गर्दै महानगरपालिका प्रमुख मानबहादुर जिसीले सङ्घीय व्यवस्थाअनुसार स्थानीय तहको अधिकारक्षेत्र भित्रका सहकारी स्थानीय तह मातहत आइसके पनि उपलब्ध जनशक्ति र नयाँ अभ्यासका कारणले सहकारीहरुको नियमन चुनौतीपूर्ण रहेको उल्लेख गर्दै सबै सहकारीलाई एकै ठाउँबाट अनुगमन गर्ने पद्धति निर्माण गरिने बताउनुभयो ।

प्रकाशित पुस्तक दस्तावेजका साथमा सहकारीप्रति जिज्ञासु पाठकहरुका लागिसमेत उपयोगी रहने बताउँदै उहाँले सहकारीसम्बन्धी महानगरले लिएको दीर्घकालीन लक्ष्य प्राप्त गर्नमा समेत पुस्तकले सघाउनु भनाइ राख्नुभयो ।

महानगर सहकारी समितिका अध्यक्ष तेजनारायण अधिकारीले सहकारी समाजको उज्ज्वल अभियान भएकाले सहकारीलाई मर्यादित र सम्मानित बनाउनुपर्ने बताउनुभयो ।

जिल्ला सहकारी सङ्घका अध्यक्ष रविरमण तिवारीले महानगरले सहकारी प्रोफाइल प्रकाशन गरेर सबै जनताले सूसुचित हुने अवसर प्रदान गरेको उल्लेख गर्दै बैंक नपुगेका वडाहरुमा सहकारीमार्फत सामाजिक सुरक्षा भत्ता वितरणको व्यवस्था मिलाउन आग्रह गर्नुभयो । नेपाल पत्रकार महासङ्घ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठले सहकारीको तथ्याङ्कसहितको प्रोफाइल तयार हुनु सकारात्मक रहेको चर्चा गर्दै समृद्धि प्राप्तिका लागि सहकारीको सङ्ख्या बढाउनभन्दा पनि गुणस्तर कामय गर्नुपर्नेमा जोड दिनुभयो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले एक वडा एक नमूना सहकारी, एक सहकारी एक उत्पादन, आर्थिक परिचालन, रोजगारी अभिवृद्धि, सघन अुनगमन जस्ता पक्षलाई महानरगले जोड दिने नीति लिएकाले प्रकाशित पुस्तकले नीति कार्यान्वयमा सघाउने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja