उपराष्ट्रपति फिनल्याण्डको स्वतन्त्रता दिवस समारोहमा



पोखरा

उपराष्ट्रपति नन्दबहादुर पुन फिनल्याण्डको १०२ औँ स्वतन्त्रता दिवसका अवसरमा नेपालका लागि फिनल्याण्डका राजदूत पेर्ती आन्तिनेनले आज अपराह्न बूढानीलकण्ठस्थित आफ्नो निवासमा आयोजना गर्नुभएको स्वागत समारोहमा सहभागी हुनुभयो ।

त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत आन्तिनेनले फिनल्याण्ड र नेपालबीचको सम्बन्ध सशक्त एवं सुदृढ बन्दै गएको बताउँदै यसै वर्षको प्रारम्भमा काठमाडौँमा द्विपक्षीय राजनीति तथा विकास सहायतासम्बन्धी परामर्श गरिएको जानकारी दिनुभयो । उक्त परामर्श नेपालको खानेपानी तथा सरसफाइ, शिक्षा तथा लैङ्गिक समानतामा केन्द्रित रहेको तथा त्यस क्रममा नेपालको विकास र सङ्क्रमणकालीन व्यवस्थापनमा फिनल्याण्डबाट निरन्तर सहयोगको प्रतिबद्धता व्यक्त गरिएको बताउनुभयो ।

समारोहमा मन्त्रिपरिषद्का सदस्य, सांसद, संवैधानिक नियोगका प्रमुख, पूर्वमन्त्री, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, नेपालको विकास साझेदार संस्थाका प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता, उद्योगपति, व्यापारी, नेपाल सरकारका वरिष्ठ अधिकारी, कामको सिलसिलामा राजधानीमा रहेका फिनिस नागरिक, नेपाल–फिनल्याण्ड मैत्री समाजका पदाधिकारी तथा वरिष्ठ सञ्चारकर्मीको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja