दक्षिण एशियाली खेलकुद हुने स्थानमा वर्ल्डलिंकको निःशुल्क इन्टरनेट



पोखरा

वर्ल्डलिंक कम्युनिकेशनले दक्षिण एशियाली खेलकुद (साग) हुने सबै रंगशालाहरुमा खेल अबधिभर उच्च गतिको इन्टरनेट निशुल्क उपलब्ध गराउने भएको छ । प्रयोगकर्ताले आफ्नो मोवाइल नम्बरबाट लगइन गरेर दैनिक १ जिवी डाटा दैनिक रुपमा निशुल्क प्रयोग गर्न पाउने छन् ।

वर्ल्डलिंकले यसका लागि फेसबुकको प्लेटर्फम एक्स्प्रेस वाइफाइसँग सहकार्य गरेको छ । काठमाडौं र पोखरामा डिसेम्बर १ देखि १० सम्म हुन गइरहेको यस तेह्रौं एशियाली खेलकुदमा २७ वटा विभिन्न खेलका प्रतियोगिता हुनेछन् । यसमा नेपाल, मालदिभ्स, भुटान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका गरी ७ देशका खेलाडीले भाग लिनेछन् ।

मुख्य खेल हुने स्थान दशरथ रंगशाला, त्रिपुरेश्वर कभर्डहल, सातदोबाटो स्पोर्टस कम्प्लेक्स, आर्मी फिटनेस सेन्टर लगनखेल, पोखरा रंगशाला, पोखरा कभर्डहलमा वल्र्डलिंकको निशुल्क वाइफाइ उपलब्ध हुनेछ । वर्ल्डलिंक नेपालको इन्टरनेट सेवा प्रदायक सबैभन्दा ठूलो कम्पनी हो ।

वर्ल्डलिंकले नेपालका दुर्गममा समेत निशुल्क इन्टरनेट उपलब्ध गराइरहेको छ । हरेक १ लाख प्रयोगकर्ताले ६ हजार वाइफाइ स्थानबाट निशुल्क इन्टरनेट चलाउँछन् । फेसबुकसँग जोडिएर उसको एक्स्प्रेस वाइफाइ प्लेटर्फममार्फत वल्र्डलिंकले दुर्गममा निशुल्क वाइफाइ वितरण गरिरहेको छ । एकस्प्रेस वाइफाइ फेसबुकको विश्वभरका मानिसलाई इन्टरनेटमा जोड्ने कार्यक्रम हो ।

Onlinekhabar बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


प्रकाशक/प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

रिपोर्टर:- आशिष रानाभाट

रिपोर्टर:- सामुयल श्रेष्ठ

सम्पर्क नं. :- ९८०५८५३४२०

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2019 Pokharaaaja