धरानको प्रमुखमा तिलक राई विजयी



पोखरा

धरान उपमहानगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसका तिलक राई विजयी हुनुभएको छ । तिलक राईले २६ हजार ७०९ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपाका प्रकाश राईले २३ हजार ९१४ मत ल्याउनुभयो । निर्वाचन आयोगले नतिजाको औपचारिक घोषणा गर्न भने बाँकी छ ।

विसं २०७४ को निर्वाचनमा एमालेका उम्मेदवार स्व तारा सुब्बासँग चार हजार मतान्तरले हार्नुभएका राईले यस उपनिर्वाचनमा दुई हजार ७९५ मतान्तरमा विजयी हुनुभएको हो । विसं २०४७ पछिका हरेक निर्वाचनमा बामपन्थीहरुले जित्दै आएको धरानमा तिलक राईले इतिहास बनाएको काँग्रेसका नगर नेता प्रेम पराजुलीले बताउनुभयो ।

जीतपछि राईले धरानलाई भ्रष्टाचारमुक्त शहर बनाउने र सबै जनताको सल्लाह–सुझावमा नगरको कामकारवाही अघि बढाउने बताउनुभयो ।

गत मङ्सिर १० गतेको चुनावीसभामा प्रमुख भएपछि कुनै सेवासुविधा नलिने घोषणा गरेर उहाँले धरानका जनताको सहानुभूतिसमेत पाउनुभएको थियो । राई २०४८ सालदेखि काँग्रेसमा आबद्ध हुनुहुन्थ्यो । पार्टीको नगरसचिव हँुदै १३औँ महाअधिवेशनपछि उहाँ धरान नगर सभापतिसमेत बन्नुुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja