खोटाङमा नेकपा र कपिलवस्तुमा राजपा विजयी



पोखरा

साकेला गाउँपालिका–३ खिदिमाको वडाध्यक्षमा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार शिवकला राई विजयी हुनुभएको छ । तत्कालीन वडाध्यक्षको मुत्यु भएपछि रिक्त रहेको वडाध्यक्ष पदका लागि शनिबार भएको उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार शुक्रबहादुर तामाङलाई १७ मतले पराजित गर्दै शिवकला वडाध्यक्षमा विजयी हुनुभएको हो ।

मतगणनाको परिणामअनुसार खसेको ७९८ मतमध्ये शिवकलाले ३९१ र शुक्रबहादुरले ३७४ मत पाएको मुख्य निर्वाचन अधिकृत मातृकाप्रसाद आचार्यले जानकारी दिनुभयो । तत्कालीन नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित मणिकुमार राईको निमोनियाका कारण गत वैशाख ९ गते मृत्यु भएपछि रिक्त वडाध्यक्ष चयनका लागि उपनिर्वाचन गरिएको हो ।

कपिलवस्तु : शिवराज नगरपालिका–१० लालपुरमा भएको वडाध्यक्षको निर्वाचनमा राष्ट्रिय जनता पार्टीकी उम्मेदवार मञ्जु मिश्रले जीत हासिल गर्नुभएको छ । निर्वाचन कार्यालयका अनुसार खसेको एक हजार ७२२ मतमध्ये ८६८ मत प्राप्त गरी विजयी हासिल गर्नुभएको हो । उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका देव भारतीले ४६५ मत ल्याउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja