साग प्रतियोगितामा प्रहरीबाट ९२ खेलाडीले खेल खेल्ने



पोखरा

नेपाल प्रहरीबाट १३ औँ दक्षिण एशियाली खेलकूद (साग)मा नेपाल प्रहरीको तर्फबाट ९२ खेलाडी खेल्ने भएका छन् ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार मङ्सिर १५ देखि २४ गतेसम्म हुने प्रतियोगितामा नेपाल प्रहरीको तर्फबाट ४४ महिला र ४८ पुरुष गरी ९२ खेलाडीको सहभागिता रहने भएको हो ।

प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले नेपाल प्रहरीले १९ खेलमा सहभागिता जनाउने जानकारी दिनुभयो । प्रहरीले पुरुष फुटबल, महिला फुटबल, पुरुष भलिबल, महिला भलिबल, एथलेटिक्स, भारोत्तोलन, बक्सिङ, सुटिङ, जुडो, कराँते, तेक्वान्दो, ब्याडमिन्टनमा सहभागिता जनाउने छ । यस्तै, टेबलटेनिस, उसु, क्रिकेट, महिला कबड्डी, आर्चरी, कुस्ती र महिला बास्केटबलमा पनि सहभागिता रहने प्रवक्ता पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja