बार्सिलोनासँग रियल मड्रिडको अंक बराबर



पोखरा

रियल मड्रिडले स्पानिस ला लिगामा शीर्ष स्थानको बार्सिलोनासँग अंक बराबरी गरेको छ । गएराति भएको खेलमा रियल मड्रिडले रियल सोसिडाडलाई ३-१ ले पराजित गरेको हो । खेलको दोस्रो मिनेटमा गोल खाँदै पछि परेको रियलले त्यसपछि पुनरागमन गर्दै ३ गोल गरेको हो ।

जितपछि रियलले १३ खेलबाट बार्सिलोना समान २८ अंक जोडेको छ ।

खेलको दोस्रो मिनेटमै विलियन जोसेले गोल गर्दै सोसिडाडलाई अग्रता दिलाएका थिए । तर त्यो लामो समय टिकेन । करिम बेन्जामाले ३७औं मिनेटमा रियलका लागि बराबरी गोल फर्काए ।

पहिलो हाफमा बराबरी गरेको रियलले दोस्रो हाफमा २ गोल थप्यो । ४८औं मिनेटमा फेडेरिको भलभेर्ड र ७४औं मिनेटमा लुका मोडरिचले गोल गरेपछि रियलले सहज जित हात पारेको हो ।

Onlinekhabar बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja