तिहारपछि सुनसान फिल्मको व्यापार, निश्चलदेखि आर्यनलाई पनि दर्शकले पत्याएनन्



पोखरा

एक बर्षमा कतीवटा चलचित्र हिट भएको खण्डमा खुशी हुने ? वा एकबर्षमा कतीवटा चलचित्र हिट हुँदा त्यो बर्षलाई सुखद मान्ने ? चलचित्र निर्माण गर्ने हरेक निर्मातालाई आफ्नो चलचित्रले लगानी उठाओस् भन्ने नै हुन्छ । तर, नेपाली चलचित्रको बक्स अफिस भने केही नाम चलेका ब्यानर र हिट चलचित्रका सिरिजको व्यापारमा टिकेको छ ।

तिहारपछि काठमाण्डौमा चिसो बढ्दै जाँदा नेपाली चलचित्रको व्यापार भने देशभर नै चिसिएको छ । यस्तो व्यापारले फेरि एकपटक चलचित्र बनाउनेलाई सोच्न वाध्य गराउँछ । उसो त, यो बर्ष नाम चलेका कलाकारदेखि ब्यानरका चलचित्रको व्यापार नै चिसो भयो ।

तिहार बिदाको फाइदा उठाएको चलचित्र ‘पोई पर्यो काले’ले केही दिन हलमा दर्शकलाई तानेको थियो । त्यसपछि भने चलचित्रको व्यापार निकै नै कमजोर छ । यतिसम्म कि, नाम चलेका कलाकारलाई हेर्न दर्शक नआउँदा शो समेत क्यान्सिल गर्नुपर्ने अवस्था आएको छ ।

कात्तिक १५ मा रिलिज भएको ‘बादशाह जुट’, कात्तिक २२ मा रिलिज भएको ‘घामड शेरे, जीवन काँडा कि फूल’, कात्तिक २९ गते रिलिज भएका ‘मिस्टर नेपाली, संझिराख है’को व्यापार निकै नै कमजोर रह्यो । कलाकार निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्का अभिनित चलचित्रले पनि दर्शक इनिसिय रुपमा तान्न सकेन ।

मंसिरको ६ अर्थात शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘च च हुई’ले इनिसियल व्यापार गर्ने अपेक्षा थियो । तर, यो चलचित्रलाई पनि दर्शकले पत्याएको देखिएन । शुक्रबार र शनिबार चलचित्रको व्यापार निकै नै कमजोर छ भने आइतबारदेखि अधिकांश मल्टिप्लेक्सले यो चलचित्रको शोज कटौती गरिसकेका छन् ।

नायक आर्यन सिग्देलदेखि कलाकार निश्चल बस्नेतलाई समेत दर्शकले पत्याएनन् । चलचित्रको व्यापार फेरि सुस्ताएको छ । यो सुस्त व्यापार कहिलेसम्म रहला, यो भने सोचनिय बिषय बनेको छ ।

Onlinekhabar बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja