शिक्षामन्त्रीसँग कतार र मलेसियाका समकक्षीको भेटवार्ता



पोखरा

शिक्षामन्त्री गिरिराजमणि पोखरेल कतारमा जारी ‘वल्ड इनोभेशन समिट फर एजुकेशन’ मा सहभागी कतार र मलेसियाका शिक्षामन्त्रीसँग भेटावार्ता गर्नुभएको छ ।

कार्यक्रमका क्रममा शिक्षामन्त्री पोखरेल र मलेसियाका शिक्षामन्त्री डा मस्वेली बिन मालिकसँगको भेटवार्तामा नेपालको उच्चशिक्षा र प्राविधिक शिक्षाका क्षेत्रमा साझेदारी गर्ने विषयमा छलफल भएको छ ।

त्यस्तै मन्त्री पोखरेल र कतारका शिक्षामन्त्री डा मोहम्मद अब्दुल वाहेदसँगको भेटवार्तामा दुई पक्षीय शैक्षिक सहकार्यका विषयमा छलफल भएको मन्त्री पोखरलेका निजी सचिव विनोद न्यौपानले जानकारी दिनुभयो । त्यस क्रममा कतार सरकारले नेपालमा प्राविधिक शिक्षालय खोल्ने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja