आम कास्की बासीको भरोसा, कांग्रेस उम्मेदवार खेमराज पौडेल



rbt

नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेल पोखरा–४,८,९,७,१६तर्फको घरदैलो अभियानमा छन् । उनले यस क्षेत्रमा सुकुम्बासी देखि टोल बासी सम्पुर्ण को घरमा गई आफुले जनतालाई कहिले धोका नदिने प्रतिवद्धता व्यक्त गर्दै आर्शिवाद थापेका छन् ।
उनले चुनाव प्रचारमा घर–घरमा पुग्दा मतदाता सरकारप्रति निकै रुष्ट भएको जानकारी दिए । केहि दिन यता न्यरोड , नयाँबजार हुँदै अर्मला पुगेका उम्मेदवार पौडेल संग त्यस क्षेत्रका मतदाताले यो सरकारप्रति निकै रुष्ट भएको गुनासो पोखे । उम्मेदवार पौडेलले भने मेरो उपस्थितिले उनीहरू केही शान्त भएका छन’ घरदैलाकोे क्रममा उम्मेदवार पौडेलले भने, ‘म सधैं तपाइँहरूकै साथमा र सुख दुःखमा रहनेछु ।’


घरदैलो अभियान सरिक कांग्रेस नेता धनराज गुरुङले कम्युनिष्ट सरकारको रवैयाले जनता वाक्क दिक्क भएको बताए ।उनले जनताको आशा र भरोषाको पार्टी कांग्रेस नै भएको मतदाताले अभिव्यक्त गरेको बताए ।
त्यसैगरी घरदैलो कार्यक्रममा सरिक ने वि संघ निवर्तमान केन्द्रिय अध्यक्ष नैन सिङ महरले जनताको पहरेदार पार्टी कांग्रेसमात्र भएको भन्दै सरकारलाई ठीक ठाउँमा ल्याउन पनि कांग्रेसले जित्नै पर्ने बताए ।
त्यसैगरि वडा नं १६ मा कास्की कांग्रेस पार्टिको तर्फबाट प्रतिनिधीत्व गरिरहेका नेता अमृत श्रेष्ठले राज्यको चौथो अंगलाई त जेल हाल्न सक्ने सरकार, अधिनायकवादतर्फ उन्मुख सरकार ,संविधानको मर्म र भावना अनुसार चल्न नसकेको स्पष्ट पारे ।
त्यसै गरि वडा नं ९मा कास्की कांग्रेसका प्रतिनिधि भई खटिएका
विरेन्द्रमान विजुक्छेले भने ‘कास्की कांग्रेसले उम्मेदवारसहितको घरदैलो छुट्टाएको समय कम भए पनि यो समय यो क्षेत्रका लागि निकै थोरै भए पनि , भएको समयलाई सही सदुपयोग गर्दै सबै मतदातालाई उम्मेदवारसंग भेट गराउने हाम्रो योजना छ ।’
त्यसै गरि वडा नं ९मा दिन रात खटिरहेकी ९ की इकाई सभापति उमा ठकुरीले भनिन ९ नंम्बरमा कांग्रेसको माहोल निकै राम्रो छ, मतदाता पनि उत्साहित छन् । पार्टीको सबै संयन्त्र प्रयोग गरेर चुनाव प्रचार गरेका छौं ।’उम्मेदवार खेमराज पौडेलको व्यक्तिगत छविका कारणले पनि पोखरा–९ का मतदाता उत्साहित भएको नेता ठकुरीले बताइन ।
यता, पोखरा ११ मा पनि मतदाता भेटघाट कार्यक्रम सकिएको छ । चुनाव प्रचार समितिका सहसंयोजक एवं पार्टी सचिव सुदिप मोहन भट्टराईले चुनाव प्रचारका लागि नेपाल तरुण दल, महिला संघ, नेविसंघका नेता कार्यकर्ता परिचालन गरिएको जानकारी दिए ।

rbt


त्यसै गरि महिला संघको तर्फबाट प्रतिनिधि भई वडा नं १६मा खटिएकी महिला संघ कास्की नेता सिता गुरुङ ले सबै जाती , सबै धर्म, सबै वर्गको आम जनताको पार्टि कांग्रेस, कास्की बासीको भरोसा, कांग्रेस उम्मेदवार खेमराज पौडेल भएको बताईन

कास्कीका आम जनतामा एउटा ठुलो गुनासो व्याप्त रहेको छ, उम्मेदवार हुँदा आउने, भोट दिएर जितेपछि ,कोही पनि फर्किएर नआउने, प्रवृत्तको गुनासो छ ।तर अहिले आम कास्की बासीले कास्की क्षेत्र नं २उपनिर्वाचन कांग्रेसका उम्मेदवार खेमराज पौडेल सँग भने छुट्टै आशा व्यक्त गरे ’ ‘उम्मेदवार पौडेलले संस्कृत विद्या पढेका छन् , उनले झुटो बोल्न हुँदैन , त्यसैले उनी फर्केर आउनेछन ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja