मलेरियाका बिरामी



पोखरा

डडेल्धुराको भित्रि मधेश जोगबुडा क्षेत्र परशुराम नगरपालिकाका दुई वटा वडामा मलेरिया रोगका बिरामी भेटिएका छन् । परशुराम नगरपालिका– ६ र ७ का स्थानीयवासी बिरामी भई स्वास्थ्य संस्थामा जचाउन पुगेकाको रगत परीक्षण गर्दा औलो भेटिएको पुष्टि भएको साँदनी स्वास्थ्यचौकिका प्रमुख जयबहादुर धामीले बताउनुभयो ।

करीब दुई साता अघि सो स्वास्थ्यचौकीमा पुगेका बिरामीमा मलेरियाका लक्षण देखापरेको उहाँले बताउनुभयो । दुई सातादेखि फैलिएको मलेरियाको सङ्क्रमणबाट हालसम्म १० जना बिरामी सङ्क्रमित भई निःशुल्क औषधि सेवन गरिरहेका छन् ।

दुई साताअघि पहिलो पटक वडा नं– ६ को रामपुर गाउँका एकजना स्थानीयवासी सङ्क्रमित भएका थिए । मलेरिया रोगको प्रकोप वडा तहमा दिनानुदिन बढ्दै गएकाले यसबारे जोगबुडा अस्पताल र जिल्लास्थित स्वास्थ्य कार्यालयमासमेत खबर गरिसकेको स्वास्थ्यचौकी प्रमुख धामीले बताउनुभयो ।

पछिल्लो समयमा स्वास्थ्यकर्मीको टोलीले सङ्क्रमण रहेको सम्भावित रामपुर, भोरकुण्डा, थालिगडा, ठूलागडालगायतका क्षेत्रमा खोजी गरिरहेका छन् । साथै हाल स्थानीयवासीलाई जनचेतनाका सन्देश दिइरहेको पनि स्वास्थ्य प्रमुख धामीको भनाइ छ ।

सामान्यतया औलो रोग परजीवी भएको लामखुट्टेले टोकेको १०–१५ दिनभित्रमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, जोर्नी दुख्ने, असजिलो महशुुस हुने जस्ता सामान्य लक्षण देखा पर्दछन् । निरन्तर वा दिन बिराएर ज्वरो आउने, शरीरका महत्वपूर्ण भित्री अङ्ग फियो, कलेजो सुनिने, शरीरमा रगतको मात्रा कमी हुने तथा परजीवीको प्रकृतिअनुसार विभिन्न लक्षण तथा समस्या देखिने गर्दछन् । पोथी एनोफेलेस जातिको लामखुट्टेले टोकेपछि सर्ने भएकाले लामखुट्टेको टोकाइबाट बच्न स्थानीयवासीलाई स्वास्थ्यकर्मीको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja