अन्तर्राष्ट्रिय नाट्य एवं लोककला महोत्सव शुरु



पोखरा

‘आफ्नो संस्कृति, आफ्नो पहिचान’ नारासहित बुधबारदेखि यहाँ अन्तर्राष्ट्रिय नाट्य एवं लोककला महोत्सव शुरु भएको छ ।

विजयलक्ष्मी मिडिया फाउन्डेशन र सोच नेपालद्वारा आयोजित सो महोत्सवमा नेपाल र भारतका नाट्य संस्था एवं लोक कलाकर्मीको सहभागिता रहेको छ ।

महोत्सवमा भारतको कोलकोता, जलपाइगुडी, हैदराबाद, मुजबफरपुर र सिद्धि एवं नेपालको मिथिला कला नाट्य परिषद्, सोच नेपाल, रङ्ग दर्पण नाट्य संस्था तथा सन्तोषलाल दास, रामेश्वर साह, रितेश पाटिल लगायतका कलाकारको प्रस्तुति हुने जानाइएको छ ।

महोत्सवमा जानकी लीला (मैथिली), एक गदहे कि आत्मकथा (हिन्दी), तलाक (मैथिली), मेरा घर (हिन्दी), हम नेपालमे चुनाव लड्य चाहैत छी ( मैथिली) लगायतका नाटक र सांस्कृतिक कार्यक्रम हुनेछ । महोत्सव तीन दिनसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja