मन्त्रिपरिषद् पुनर्गठन अघि प्रधानमन्त्रि र प्रचण्डले भेटे राष्ट्रपतिलाई
पोखरा
मन्त्रिपरिषद् पुनर्गठन अघी सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।
बुधबार बिहान नेकपाका अध्यक्ष तथ प्रधानमन्त्रि केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शितलनिवास नै पुगेर राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् ।
राष्ट्रपतिलाई भेट्नुअघि ओली बालुवाटारमा छलफल गरेका प्रधानमन्त्रि ओली र प्रचण्डले राष्ट्रपति भण्डारीसँग परामर्श लिनका शीतलनिवास पुगेका हुन ।
मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी आज बिहान बस्ने भनिएको सचिवालय बैठकमा यी दुई अध्यक्षबीच कुरा नमिल्दा बैठक सारिएर आज दिउँसो १२ः३० बजे बस्ने भएको छ ।
यी दुई अध्यक्षबीच सामान्य सहमती भएपछी बल्ल आज दिउँसो बैठक बस्न लागिएको हो ।
अब बस्ने मन्त्रिपरिषद पुनर्गठनको बैठकमा ओली र दाहालबीच नयाँ चुनिने र हटाइने मन्त्रीको नामबारे टुंगो लागिसकेको बताइएको छ ।
मकालु खबर बाट साभार