कांस्कीमा कांग्रेसको चुनावी माहोल



कास्की क्षेत्र न. २ मा निर्वाचनको माहोल तात्दै गएको छ । यसैबीच कास्की–२ का सबै क्षेत्रमा कांग्रेसको मतदाता भेटघाट कार्यक्रम जारी छ । पोखराका ११ वटा वडामा नेता कार्यकर्ता मतदाता समक्ष पुगेका छन् । कास्की कांग्रेसले चुनाव प्रचारका लागि सबै नेताहरू वडा वडामा र कार्यकर्ताहरू टोलटोलमा खटाएको छ । कांग्रेसका सबै संगठन प्रचार समिति गठन गरेर चुनावमा केन्द्रित भएका छन् ।
नेपाली कांग्रेस पार्टीले उम्मेदवार छनोट गर्नु अघि कास्कीमा निकै निराशा थियो । नेता कार्यकर्ता चिन्तित थिए । उम्मेदवारका आकांक्षीहरूमा निकै डर थियो । नेताहरूमा पनि पिर थियो ।केन्द्रले उम्मेदवार छनोट गर्न जति ढिलाई गर्दै गयो, त्यसको मारमा कास्की छटपटी रहेको थियो ।
जब पार्टीको केन्द्रीय समितिमा पनि पार्टि सभापति शेरबहादुर देउवाले कात्तिक २० गते अन्तिम समयमा खेमराज पौडेललाई टिकट दिएको खबर बाहिर आयो कांग्रेसका नेता कर्ताको मुहारमा टन्टलापूर घाम लाग्यो । सबै जनाले ‘ढिलो आयो, कडा आयो’ भन्दै उर्फिएर खुशी प्रटक गरे । अर्का उम्मेदवारको प्रत्यासी निर्णय कुर्दै बसेका नेता देवराज चालिसे लगातका अन्य नेता कार्यकर्ता पनि जुरुक्कै उठे, अंकमाल गरे । खुशी प्रकट गरे । उम्मेदवार आकांक्षीमध्ये प्रमुख दावेदार थिए देवराज चालिसे ।
उम्मेदवार छनोट र मनोनयनसंगै पार्टीले, कास्कीबाट केन्द्रमा प्रतिनिधित्व गर्ने सबै नेताहरूलाई चुनावमा परिचालन गर्यौ । केन्द्रीय समितिले पनि केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाललाई कमाण्डर बनाएर खटायो ।
पार्टीले चुनावमा परिचालन गरेका नेता कार्यकर्ता पनि यस पटक मसिनो गरी मैदानमा उत्रिएका छन् । पार्टीका उच्च तहका नेताहरू पनि टोलटोलमा हिंडेरै घरदैलोमा खटिएका छन् ।
निर्वाचनकै सन्र्दभमा,कांग्रेस पार्टिका तर्फबाट चुनाव हांक्न कमाण्डर भएर आउनु भएका नेता मिनेन्द्र रिजालले सरकारको गतिविधिले जनता निकै रुष्ट भएको , नेपालमा भएका सबै प्रकारका प्रगतीको नेतृत्व कांग्रेसले गरेकोले अब फेरि जनताले कांग्रेसलाई नै जिताउने विश्वास व्यक्त गर्नु भयो ।

कास्की क्षेत्र नं. २ उपनिर्वाचनको टिकट खेमराज गुरु ले पाउदा कास्कीमा कांग्रेसका नेता तथा कार्यकर्ता विच नयाँ उत्साह नयाँ जोश आएको छ , निष्ठा र इमान्दारिता को समय एक दिन आउछ भन्दै उम्मेदवार खेमराज गुरुको को सबै नेता तथा कार्यकर्ताले सवत्र चर्चा गरेका छन्

आज पनि निर्मल पोखरी लगाएतका विभिन्न ठाउँमा कांग्रेसले उम्मेदवार सहित घर दैलो कार्यक्रम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja