कास्की उपनिर्वाचनमा कांग्रेस वडा नं ९ को चुनावी व्यवस्थापनको सर्वत्र चर्चा




कास्की क्षेत्र न. २ मा चुनावको सरगर्मी बढ्दै गएको छ । यसैबीच
वडा नं. ९ मा चुनावी माहोल निकै तातेको छ , वडा ले पार्टि संग आर्थिक सहयोग पनि नलिएर वडा नं. ९ को प्रत्येक घरमा पुगी घर दैलो कार्यक्रम मार्फत जनताको घर आंगनमा कांग्रेसको मत मागेको छ ।
त्यसै गरि वडा नं ९ मा खटिएका पार्टीको तर्फका प्रतिनिधी नेता विरेन्द्र नारायण विजुक्छे भन्नुहुन्छ ‘खेमराज गुरुलाई जिताउन सबै किसिमले लागेका छौं । सबै नेता कार्यकर्ता उत्साहित भएर लागेका छन् ।’ पोखरा–९ का चुनावी पार्टि प्रतिनिधि समेत रहेका विजुक्छे भन्नुहुन्छ ‘वडादेखि नगर, क्षेत्रदेखि जिल्ला र केन्द्रसम्मका पूरै कांग्रेसी जागेका छन् ।

त्यसै गरि वडा ९ नं. वडा अध्यक्ष रामराज लामीछाने भन्नुहुन्छ,‘कम्युनिष्ट रवैयाले आक्रान्त जनता र मतदाता समेत कांग्रेसप्रति विश्वस्त छन् । कांग्रेसीहरू पनि गर या मरको अवस्थामा छन, कांग्रेसको मात्र होइन राष्ट्रकै इज्जत जोगाउन पनि यो चुनाव कांग्रेसले जित्नुपर्नेछ ।


त्यसै गरि वडा नं ९ की इकाई सभापति उमा ठकुरी ले चुनावमा सिंगो कांग्रेस जुरुक्क उठेको बताइन । ‘कांग्रेसी नेता कार्यकर्ता, सिंगो पार्टी पंक्ति एकढिक्का भएर चुनावमा लागेको इतिहासमै पहिलो पटक हो’, उनी भन्छीन ‘कास्की–२ को चुनावले सिंगो पार्टीको गुट उपगुट, असन्तुष्ट सबै अन्त्य भएको छ ।’
त्यसै गरि कांग्रेस नेता वडा नं ९ का पार्टिका तर्फका प्रतिनिधि भिम गौतम भन्नुहुन्छ , उम्मेदवार खेमराज गुरु हुनुहुन्छ तर चुनाव जित्ने उहाँले मात्र होइन कांग्रेसले पनि हो । त्यसैले म आफै खटिएको छु ।’
कास्की उपनिर्वाचनका बारेमा कांग्रेसका सबै नेता तथा कार्यकर्ता विचमा ,कांग्रेसले पहिलो पटक गतिलो पात्र खडा गर्याे भन्ने चर्चा चलेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja