‘ए मेरो हजुर ४’मा अनमोल र सुहानाको जोडी पक्का



पोखरा

गतबर्षको ब्लकबस्टर चलचित्र ‘ए मेरा हजुर ३’को चौथो सिरिज पनि बन्ने भएको छ । सुनिलकुमार थापाको निर्माणमा झरना थापाले चलचित्र ‘ए मेरो हजुर ४’को निर्देशन गर्नेछिन् । यो चलचित्रका लागि नायिकाको रुपमा सुहाना थापा फाइनल भैसकेकी थिइन् । अब, निर्माणपक्षले चलचित्रका लागि नायक पनि फाइनल गरेको छ ।

चलचित्रमा नायक अनमोल केसी नै फाइनल भएका छन् । अनमोललाई शनिबार निर्माणपक्षले कागजी संझौता गरेसँगै ‘ए मेरो हजुर ४’मा अनमोल र सुहानाको जोडी दोहोरिने पक्का भएको हो ।

अनमोलले ‘ए मेरो हजुर ३’ पछि बाहिरी ब्यानरको चलचित्र ‘धुपौरे’ साइन गरेका थिए । तर, छायांकनमा जानुअघि अनमोलले यो चलचित्र छाडे । उनै, अनमोल गतबर्ष आफू अभिनित ब्लकबस्टर चलचित्रको चौथो सिरिजमा काम गर्न राजी भएका हुन् । यसपटक भने चलचित्रको कथा म्यूजिकल लभ स्टोरी हुनेछैन । निर्देशक थापाका अनुसार, प्रेमकथामै चलचित्र बग्नेछ ।

चलचित्रको छायांकन माघको १६ गतेबाट सुरु गर्ने योजना यसको निर्माणपक्षको छ ।

Onlinekhabar बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja