७-० ले विजयी हुँदै इंग्ल्यान्ड युरो कपमा छनोट, ह्यारीको ह्याट्रिक



पोखरा

इंग्ल्यान्ड युरो कप फुटबल २०२० को लागि छनोट भएको छ ।

बिहीबार राति भएको खेलमा मोन्टेनेग्रोलाई ७-० गोलको फराकिलो अन्तरले पराजित गर्दै इंग्ल्यान्ड युरो कपमा छनोट भएको हो ।

घरेलु टोली इंग्ल्यान्डलाई युरो कपमा प्रवेश गराउने क्रममा कप्तान ह्यारी केनले ह्याट्रिक गोल गरे । खेलको ११औं मिनेटमा गोल गर्दै अग्रता बनाएको इंग्ल्यान्डका लागि केनले १८औं, २४औं र ३७औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

त्यस्तै, मार्कुस राष्फोर्डले खेलको ३०औं मिनेटमा गोल गर्दा इंग्ल्यान्ड पहिलो हाफमा नै ५(० गोलको अग्रतामा पुगेको थियो ।

खेलको ६६औं मिनेटमा मोन्टेनेग्रोका खेलाडीले आत्मघाती गोल गरेपछि अग्रतालाई ६-० मा पुर्याएको इंग्ल्यान्डले खेलको ८४औं मिनेटमागोल गरेपछि खेल ७-० ले जितेको हो ।

समूह ‘ए’ मा रहेको इंग्ल्यान्डले सात खेलबाट १८ अंक बनाउँदै छनोट भएको हो ।

Onlinekhabar बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja