सेतो साडीलाई मर्म विपरित राजनीतिकरण नगरौं ः नेता शंकर भण्डारी




नेपाली कांग्रेसका प्रभावशाली नेता शंकर भण्डारीले ,वडा नम्बर १७को पहिलो चरणको घरदैलो कार्यक्रमको समापन लाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र उक्त पार्टीद्वारा सञ्चालित सरकार जुन ढंगले बढ्नुपर्ने हो, जनताको मर्म र भावना अनुसार अघि बढ्न नसकेको स्पष्ट पारे । नेता भण्डारीले सम्मानीय राष्ट्रपतीले सेतो साडीको संवेदना बटुलेर हिन्दु संस्कार अनुसार सेतो साडीको मर्म विपरित राजनीतिकरण गरेको उदाहरण दिदैं सेतो साडीको संवेदनामा देशको भविष्य निर्धारण गर्ने निर्वाचन लाई नदाँज्न स्थानीय टोलवासीलाई आग्रह गरे ।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस उम्मेदवार खेमराज पौडेलले कास्की क्षेत्र नं. २ निर्वाचन,आफ्नो प्रतिस्पर्धा विद्या भट्टराईसंग नभई सरकारको ज्याजती विरुद्ध जनताको प्रतिस्पर्धा भएको स्पष्ट पारेका छन् । बु्धबार बिहानैदेखि पोखरा १७ का मतदातासंगको भेटघाटमा सक्रिय पौडेलले यस्तो बताएका हुन् । उम्मेदवार पौडेलले यो निर्वाचन आफु हैन नेपाली कांग्रेस र प्रजातन्त्र प्रेमी जनता लडेकोले , यो टोल, समाज, समृद्ध गर्न र ज्यायजती युक्त सरकार लाई चेतावनी दिन रुख चिन्हमा मतदान गर्न सबैलाइै आग्रह गरे ।
उम्मेदवार पौडेलले आफ्नो राजनितिक यात्रा बारे बताउदै,आफूले ६० वर्षको राजनीतिक यात्रामा अहिलेसम्म कसैमाथि केही अन्याय नगरेको स्पष्ट पारे । ‘अब पनि जनतामाथि कत्ति पनि अन्याय हुने काम गर्न मेरो स्वाभिमानले दिंदैन’, उनले भने । उम्मेदवार खेमराजले आफूले पद प्राप्तिका लागि भन्दा पनि जनताको सेवा गर्नकै लागि चुनावमा होमिएको बताए । ‘पार्टीले दिएको जिम्मेवारी र जनताको आशा भरोषालाई कत्ति पनि तलमाथि हुन नदिने उनले स्ष्पट पारे ।

चुनावी अभियान सशक्त ढंगले अघि बढको भन्दै उम्मेदवार पौडेलले यो चुनावमा सिंगो नेपाली कांग्रेस केन्द्रदेखि जिल्ला हुँदा तल्ला कमिटी एकढिक्का भएको भन्दै खुशी प्रकट गरे । ‘पार्टीका नेता कार्यकर्ताको उत्साहले मलाई नै उर्जा थपेको छ, ममाथि मेरा विद्यार्थी, मेरा समकक्षी लगायत सबैको सहानुभूति र माया छ ।’ आफ्नो उम्मेदवारीले पार्टीमा, जनतामा र अन्य दलहरूमा पनि सकारात्मक सन्देश प्रवाह भएको उनले बताए ।
त्यस्तै ,कार्यक्रममा बोल्दै, कास्की कांग्रेसका नेता देवराज चालीसेले नेकपा द्धारा सञ्चालीत सरकार प्रति सामाजिक, राजनीतिक र प्रशासनिक लगायत कुनै पनि क्षेत्रमा सन्तुष्ट हुने ठाउँ नभएकाले अब यो दुइ तिहाही सरकारको रवैयालाई चेतावनि दिन कांग्रेसका निष्ठवान उम्मेदवार खेमराजलाई भोट दिन स्थानीय लाई आग्रह गरे । उनले राजनीतिक लगाव, इमान्दारिता, आस्था, संस्कार र संस्कृति बुझेर मत दिन आग्रह गरे ।
कांग्रेस वडासभापति देवराज आचार्यले खेमराज पौडेलले चुनाव नजित्ने कुनै कारण नभएको बताए । उनले मतदाता उत्साहित भएको र पार्टीका सबै संयन्त्र सक्रिय भएकाले निर्वाचन निश्चय नै जित्ने अठोट व्यक्त गरे ।
चुनाव प्रचार प्रसार कै क्रममा यता वडा नम्बर ९ की कास्की जिल्लाकै वडा एकल महिला इकाई सभापति उमा ठकुरीले चुनाव प्रचार प्रसारमा आफ्नो वडालाई सक्रिय बनाएकी छन् ।पार्टिको आर्थिक व्यवस्थापन समितीको बैठकमा उनले चुनाव प्रचार गर्नु भनेको , पार्टिले दिएको जिम्मेवारी पुरा गर्न र समाजमा सत्य सुर्माग दर्शन युक्त सामाचार प्रसार गर्न, चुनाव प्रचार प्रसार गर्नु भएकोले आफ्नो वडामा चुनाव प्रचार गर्न पैसा नचाहिने बताइन । उनको यो अभिव्यक्तीले अर्थमा किनमेल हुने वर्तमान राजनितिक संस्कार लाई चुनौति दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja