चिनियाँ राष्ट्रपतिको भ्रमणमा बाबुरामका दुई असन्तुष्टि



पोखरा

समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष डा। बाबुराम भट्टराईले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणमा उनीसँग नभेटाएको भन्दै असन्तुष्टि पोखेका छन् ।

आइतबार सामाजिक सञ्जाल ट्वीटरमा उनले सी भ्रमणका क्रममा मधेस केन्द्रित आधार भएका दलका नेताहरूसँग नभेटाएकोमा असन्तुष्टि पोखेका हुन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘उत्तरी छिमेकका राष्ट्रपतिलाई मधेसकेन्द्रित वा आधार भएका दलका नेताहरूसँग पनि भेटाउनुपर्थ्यो । अन्यथा उत्तरी छिमेकीले हिमाल, पहाड र दक्षिण छिमेकीले मधेस, तराई मात्र हेर्ने गलत परम्परा बस्न र भावनात्मक दूरी बढ्न सक्छ ! भविष्यमा यस्ता संवेदनशीलतामा ध्यान पुगोस् ! तैपनि सबैको जय होस् !’

यस्तै उनले नेपालका संवैधानिक राष्ट्रपतिसँग शिष्टाचार भेट मात्र गरेर सबै औपचारिक वार्ता र सहमति, समझदारी कार्यकारी प्रमसँग हुनुपर्ने धारणा पनि राखेका छन् ।

‘चीनका महामहिम राष्ट्रपतिको ऐतिहासिक नेपाल भ्रमणका लागि नेपाल र चीनको सरकारलाई हार्दिक बधाई १ तर भ्रमणको क्रममा नेपाल सरकारले केही कुरामा ध्यान पुर्याएन कि रु नेपालका संवैधानिक राष्ट्रपतिसंग शिष्टाचार भेट मात्र गरेर सबै औपचारिक वार्ता र सहमति–समझदारी कार्यकारी प्रमसँग हुनुपर्ने थियो’, उनले लेखेका छन् ।

राष्ट्रपति सीले नेकपाका नेताहरुसँग आइतबार सामूहिक भेट गरेका थिए भने कांग्रेस सभापति शेरबहादुर देउवासँग शनिबार साँझ भेटवार्ता गरेका थिए । समाजवादीका अध्यक्ष भट्टराईलाई भने रात्रीभोजमा मात्र निमन्त्रणा गरिएको थियो ।

मकालु खबर बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja